सर्वोच्च १४ हिमाल «

सर्वोच्च १४ हिमाल

विश्वमा मान्यताप्राप्त ८ हजारमिटर अग्ला हिमाल १४ वटा छन् । ८ हजार मिटरभन्दा माथिका अरू ६ वटा हिमाल थप हुँदै छन् । सौभाग्यवश ती ६ वटै हिमाल नेपालमै रहेका छन् ।
८ हजार मिटरभन्दा माथिका सबै अर्थात् १४ वटै हिमचुचुरा एसिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व फैलिएको छ । एकतिहाइ भाग नेपाल भएर जान्छ । हिमालय पर्वतमालाको एकतिहाइ भागमै विश्वका अग्ला हिमचुचुरा सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको कान्छो हिमाल सिसापाङ्मा (कम उचाइ ८ हजार १३ मिटर भएको) सम्म रहेका छन् ।
विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङ्मा (८ हजार ८ सय ४८ मिटर) हो । सन् १९५३ मे २९ मा न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ शेर्पाले चोमोलुङ्मा चढे । विश्वको दोस्रो हिमाल काराकोरम–२ (के–टु) हो । यो हिमालको उचाइ ८ हजार ६ सय ११ मिटर छ । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालीयन आरोहीद्वय एकीले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले सफलतापूर्वक चढे ।
विश्वको तेस्रो हिमाल कञ्चनजंघा हो । यो नेपाल पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा दार्जीलिङ सीमामा रहेको छ । यसको उचाइ ८ हजार ५ सय ८६ मिटर छ । बेलायतका पर्वतारोहीहरू जर्ज ब्यान्ड, जो ब्राउन, ल्होत्से÷चेको उचाइ ८ हजार ५ सय १६ मिटर छ । प्रथम आरोहण सन् १९५६ मे १८ मा स्विट्जरल्यान्डका फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले गरेका थिए । त्यस्तै पाँचौं हिमाल मकालु हो । यसको उचाइ ८ हजार ४ सय ६३ मिटर छ । जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गिकोप, पियरे लेरोक्सलगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बुलगायतको टोलीले चढेका थिए । त्यस्तै छैटौं हिमाल चो–ओयु हो । यसको उचाइ ८ हजार २ सय १ मिटर छ । सन् १९५४ अक्टोम्बर १९ मा अस्ट्रियन नागरिकद्वय हर्बर्ट टिची र सेप जेक्लर र नेपाली पासाङ दावा (लामा) शेर्पाले आरोहण गरेका थिए ।
सातौं हो— धौलागिरि । यसको उचाइ ८ हजार १ सय ६७ मिटर छ । सन् १९६०, १३ मेमा स्विट्जरल्यान्डका पर्वतारोहीहरू कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले आरोहण गरेका थिए । आठौं हिमाल मनास्लु (८ हजार १ सय ६३ मिटर) हो । मनास्लुको आरोहण सन् १९५६ मे ९ मा जापानका पर्वतारोहीत्रय तोसिमो इमानिसी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । नवौं हिमाल नांगा पर्वत (८ हजार १ सय २६ मिटर) हो । अस्ट्रियन पर्वतारोही हर्मन बुह्लले सन् १९५३, जुलाई ३ मा चढेका थिए ।
विश्वको १० औं हिमाल अन्नपूर्ण–१ हो । उचाइ ८ हजार ९१ मिटर छ । फ्रान्सका पर्वतारोहीद्वय माउरिस हर्जोग र लुइस लाचेनलले सन् १९५० जुन ३ मा सफलतापूर्वक आरोहण गरेका थिए । विश्वको ११ औं हिमाल गासेरब्रुम–१ (८ हजार ८१ मिटर) हो भने यो हिमालको आरोहण सन् १९५८ जुलाई ५ मा अमेरिकी पर्वतारोहीद्वय एन्ड्र्यु कोउफम्यान र पिट स्कोइन्ङले गरेका थिए । १२ औं हिमाल ब्रोडपिक (८ हजार ५१ मिटर) हो र आरोहण सन् १९५७ जुन ९ मा भएको हो । अस्ट्रियन पर्वतारोहीहरू फ्रिट्ज विन्टरक्टेलजर, मार्कसुक स्मुक, कुर्ट डेइम्बर्ग हर्मन बुल थिए । १३ औं हिमाल गासेरब्रुम–२ (८ हजार ३५ मिटर) हो । सन् १९५६ जुलाई ७ मा जोसेप लार्क, फ्रिट्ज मोर्भल र हान्स विलेन्डपार्ट थिए । १४ औं हिमाल हो— सिसापाङमा (८ हजार २७ मिटर) । सन् १९६४ मे २ मा १० जना चिनियाँ पर्वतारोहीहरूको जम्बो टोलीले सफलतापूर्वक आरोहण गरेका थिए ।

निनाम लोवात्ती कुलुङ

 

प्रतिक्रिया दिनुहोस्