सेयर बजारको समीक्षा र अपेक्षा

२०७४ सालमा सेयर बजारमा नराम्रोस“ग उत्तारचढाव भइरह्यो । यस वर्ष सुरुको अंकलाई वर्षभरि नै कुनैले पनि भेट्न सकेन । सेयर बजारलाई प्रभाव पार्ने विभिन्न कारणमा राजनीतिक, आर्थिक, प्राकृतिक नै मुख्य कारणहरू हुन्छन् । यस वर्ष प्राभाव पार्ने मुख्य कारण राजनीतिक नै रह्यो । यस वर्ष नै स्थानिय निर्वाचन, संसदीय, प्रादेशिकका साथै राष्ट्रयसभाको गरी चार तहको निर्वाचन सम्पन्न भयो । २०७४ सालमै देशले स्थायी सरकारसमेत पायो, जुन नेपालको इतिहासमै २०४६ सालपछिको सबैभन्दा शक्तिशाली सरकार बन्न पुग्यो ।
सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूले यो वर्ष आसैआसमा समय बिताउनुप¥यो अर्थात् लगानीकर्ताहरू धैर्यवान् बन्नुप¥यो । २०७४ सालको पहिलो दिन जुन बिन्दु कायम रह्यो त्यो बिन्दु नै वर्षको सबैभन्दा उच्च बिन्दु रहन पुग्यो । वैशाख महिनाको सुरुवाती चरणमै ओरालो लागेको नेप्से वर्षभरि नै ओरालो लागिरह्यो । यो वर्ष वर्षको सुरु र अन्त्यलाई हेर्दा ‘बेरर ट्रेन्ड’ मा बजार कायम रह्यो । यस वर्ष कायम रहेको महिनाको सुरु र अन्त्यको बजारको विवरण यस्तो रह्यो :
वर्ष दिनभरिको बजारको विवरण
महिना | सुरु दिनको अंक | अन्तिम दिनको अंक |
वैशाख | १६९७.१३ | १६५८.५८ |
जेठ | १५५९.२३ | १५८४.४९ |
असार | १५८९.५९ | १५८२.६७ |
साउन | १५८३.५७ | १६३२.६६ |
भदौ | १६२९.७५ | १५३०.३१ |
असोज | १५४७.९४ | १५५९.३१ |
कात्तिक | १५४३.७० | १४८९.०६ |
मंसिर | १४७५.७२ | १५२०.१५ |
पुस | १५०९.१६ | १४३१.१० |
माघ | १४१३.७१ | १३८०.२९ |
फागुन | १३८८.९४ | १२८५.९६ |
चैत | १२८८.३६ | १२७७.५५ |
२०७४ साल वैसाख ३ गते बजार बन्द हुँदाको सेयर अंक १६९६.१३ रहेकोमा त्यस महिनाको अन्त्यमा १६५८.५८ अंकमा कायम रहेको छ । यस वर्षभरिकै उच्चतम बिन्दु १६९६.१३ रहेको छ । असार महिनामा पहिलो चरणको स्थानीय निकायको निर्वाचन सम्पन भएको थियो, तर पनि यो महिना सेयर बजारको अंकमा खासै ठूलो भिन्नता देखिँदैन । महिनाको सुरु र अन्त्यमा जम्मा ६.९२ अंकको अन्तर कायम रहेको देखिन्छ । साउन महिनामा नेप्से परिसूचकको अन्त्य ४९.०९ अंक छ । यस महिना नेप्से वुलियरर्स ट्रेन्डका रूपमा रहेको अर्थात् नेप्से १५८३.५६ अंकबाट बढेर १६३२.६६ पुगेको देखिन्छ । भदौ महिनाको सुरु र अन्त्य हेर्दा सेयर बजार लगभग १ सय अंकको फरक रहेको देखिन्छ । यो महिनाको सुरुमा १६२९.७५ रहेको सेयर बजार अन्त्यमा पुग्दा यसको परिसूचक १५३०.३१ अंकमा कायम रहेको देखिन्छ । यो महिना लगानीकर्ताहरूले सोचेअनुसारको प्रतिफल पाउनु त कता हो कता, उल्टै सेयर बजारमा आएको गिरावटले लगानी गुमाउनुपरेको देखिन्छ । भदौ महिनाको तुलनामा नेप्से परिसूचक सामान्य रूपमा बढेको देखिन्छ असोज महिनामा, तर पनि कात्तिक महिनालाई हेर्दा नेप्से बढ्नुको सट्टा घटेकै देखिन्छ । कात्तिक महिनामा सेयर बजार परिसूचक ५४.६४ अंकले घटेको देखिन्छ ।
सामान्यतया सेयर बजार परिसूचक घटबढ त भइ नै रहन्छ, तर कुनै महिना सामान्य रूपमा बढ्छ त कुनै महिना घट्छ । दैनिकजसो नै सेयर बजार परिसूचक घट्ने र बढ्ने प्रक्रिया हुन्छ, जसलाई सेयर बजारको करेक्सन पनि भनिन्छ । मसिर महिनामा सेयर बजार परिसूचक ४४.५३ अंकले बढेको देखिन्छ । यो महिनामा नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो, साथै पुस महिनामा ७८.०६ अंकले सेयर बजार परिसूचक घटेको देखिन्छ । यसरी सेयर बजार परिसूचक घट्ने क्रम माघ महिनायता यस वर्षको अन्त्य अर्थात् चैतसम्मै कायम रही महिनाको सुरुको बिन्दुलाई उछिन्न सकेको देखिँदैन । फागुन महिनाले त यस वर्षको रेकर्डलाई ब्रेक गरेको छ । यो महिनामा मात्रै सेयर बजार परिसूचक १०२.९८ अंकले ओरालो लागी महिनाको सुरुको बजार बन्द हु“दाको परिसूचक १३८८.३६ अंकमा रहेकोमा महिना अन्त्य हु“दा १२८५.९६ अंकमा कायम रहेको छ, साथै चैत महिनामा समेत सेयर बजार परिसूचक सामान्य अंकले घटेको देखिन्छ । २०७४ सालको सेयर कारोबार भएको अन्तिम दिन अर्थात् चैत २९ गते सेयर बजार परिसूचक १२७७.५५ अंकमा पुगेर पूर्णविराम लागेको देखिन्छ ।
२०७४ सालको समग्र सेयर बजारलाई नियाल्दा सबैभन्दा बढी सेयर बजारमा गिरावट भएको महिनामा साउन र फागुन रहेको देखिन्छ । यी दुईवटा महिनामा मात्रै सेयर बजार परिसूचक १ सय अंकको हाराहारीमा घटेको छ । वर्षभरिमा जेठ, साउन, असोज र मंसिर महिनामा सेयर बजार सामान्य अंकमा बढेको भए पनि अरू बा“की आठ महिना सेयर बजार घटेकै देखिन्छ । वर्षको अन्त्यका चार महिना त सेयर बजार लगातार रूपमा घटेको नै देखिन्छ ।
२०७४ सालको सुरु दिनको अंक र अन्तिम दिनको अंक हेर्दा समग्र वर्षभरिमा ४१९.५८ अंकले सेयर बजार घटेको देखिन्छ । २०७४ सालले सेयर बजारमा पहिलेदेखि नै लगानी गर्ने लगानीकर्ताहरूलाई उत्साहित होइन, हतोत्साही नै बनाएको छ । समग्र वर्षभरिलाई हेर्दा २०७४ सालमा राजनीतिक रूपले नै यसलाई प्रभाव पारेको देखिन्छ । तीन तहको निर्वाचन सम्पन भई राजनीतिक रूपमा स्थायित्व भए पनि त्यसको प्रभाव सेयर बजारमा पर्न सकेन । यो वर्ष केपी ओली प्रधानमन्त्री हुँदा सामान्य रूपमा सेयर बजार बढेको थियो, तर पनि यसले निरन्तरता पाउन भने सकेन । अर्थमन्त्रीको अभिव्यक्तिलाई लिएर पनि सेयर बजारमा नराम्रोसग गिरावट आयो भने अर्थमन्त्रीले प्रस्तुत गरेको श्वेतपत्रलाई आधार बनाएर त सेयर बजार परिसूचक झनै ओरालो लाग्यो । यस वर्षको न्यून बिन्दु चैत महिनाको १२ गते ११६८.६२ अंकमा रहन पुग्यो भने वैशाख ३ गतेको १६९७.१३ नै उच्च बिन्दु रहन पुग्यो । २०७४ सालमा पनि नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएका नया“ कम्पनीहरूको सदा वर्षहरूझैँ आईपीओ आउने क्रम जारी नै रह्यो । गत वर्षकोे सेयर बजार समग्र रूपमा रातो बत्ती बले पनि नया“ लगानीकर्ताहरूलाई प्रवेश गर्ने अवसर भने प्रदान गर्यो ।
२०७५ सालमा पक्कै पनि सेयर बजार परिसूचक बढ्ला भन्ने अपेक्षा लगानीकर्ताहरूले लिएका छन् । लगानीकर्ताहरूलाई २०७५ सालले पक्कै पनि उत्साहित बनाउनेछ, किनकि राजनीतिक स्थायित्व आएसगै सेयर बजार पनि यसको प्रभाव परी थप उचाइमा पुग्नेछ भनी लगानीकर्ताहरूले आशाको दियो जलाइरहेका छन् । आर्थिक समृद्धिका लागि पनि लगानीयोग्य वातावरण सिर्जना हुनुपर्नेछ, जसले गर्दा सेयर बजार थप उचाइमा पुग्न सक्ला भनी अनुमान लगाउन पनि सकिन्छ ।
–सरोज बराल