लक्ष्मी बैंकको भेरिफाइडबाइ भीसा, थ्रीडी सेक्योर सर्भिस «

लक्ष्मी बैंकको भेरिफाइडबाइ भीसा, थ्रीडी सेक्योर सर्भिस

लक्ष्मी बैंकले आफ्ना ग्राहकहरूलाई सुरक्षित एवं नविनतम सुबिधा प्रदानगर्ने उद्देश्यसहित भेरिफाइडबाइ भीसा, थ्रीडी सेक्योर सर्भिसद्वारा सुनिश्चितता प्रदान गरिएकोे भिसा डेबिट कार्डहरू ल्याएको जनाएको छ । यस्तो सुनिश्चितताले ग्राहकलाई अनधिकृत कारोबार हुनबाट जोगाउँछ भन्दै बेकले एक पटक रजिस्टर्ड गरेपछि भिसा डेबिट कार्डका प्रयोगकर्ताहरूले संसारको जुनसुकै स्थानबाट इन्टरनेटको माध्यमबाट सुरक्षित एवं सहज रूपमा अनलाइन ई–कमर्सको कारोवार गर्न सक्ने बताएको छ ।
वर्तमान परिप्रेक्षमा संसारमा अधिकतम प्रयोगमा रहेको अनलाइन बजारको कारोबारलाई यस बैंकका भिसा डेबिटकार्ड प्रयोगकर्ताले सजिलै अनि अझ बढी सुरक्षित तरिकाले प्रयोग गर्न सक्ने पनि बैंकको दाबी छ । अन्तर्राष्ट्रिय नेटवर्क सेवा प्रदायक कम्पनी भिजा इन्टरनेसनलमार्फत यो सेवा लक्ष्मी बैंकका डेबिट कार्ड प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्