रोबोटलेनै अन्तर्वार्ता लिने, जागिर दिने र हटाउने

रोबोटले विभिन्न उद्योगमा काम गरेको त सुनिएको छ तर रोबोटलेनै अन्तर्वार्ता लिने, जागिर दिने र कामबाट पनि रोबोटलेनै हटाउछ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । यथार्थमा यस्तै हुने भएको छ । हालै मात्र एक रुसी स्टार्टअपले कृतिम बौद्धिकताको सफ्टवेरको सहयोगबाट मानिसलाई काममा राख्न थालेको छ ।
रुसी कम्पनी स्ट्याफोरीले मानिसलाई भर्ना लिनका लागि महिला रोबोटको सहयोग लिइरहेको छ । यो रोबोटको नाम हो विरा । रोबोट विराले पेप्सिको तथा लोरियल जस्ता ठूला कम्पनीको कर्मचारी भर्नामा सहयोग गरिरहेको छ । यो रोबोटलाई मानस संसाधन विभागका अलेक्जेनडर युराक्सिन तथा भ्लादिमरि शेजनिकोवले मिलेर बनाएका हुन् ।
अलेक्जेन्डर युराक्सिन तथा भ्लादिमिर शेजनिकोव पिटर्सबर्गस्थित स्ट्याफोरीका सह संस्थापक हुन् । मानव संसाधनको काम धेरै हदसम्म रोबोटिक हो र यी सबै कुरालाई मध्यनजर गर्दै उनीहरुलाई नयाँ रोबोट बनाउने विचार दिमागमा आएको उनीहरुको भनाई छ । स्ट्याफोरीसँग लगभग ३ सय ग्राहक छन् ।
रोबोट विराका संस्थापकले कम्पनीमा मानिसलाई काममा लिनका लागि लाग्ने समय र भर्ना खर्चको लागतलाई हेर्दै यो रोबोट तयार पारिएको हो । यो रोबोटको सफ्टवेयरले एकै समयमा सैयौ मानिसको अन्तर्वार्ता लिन सक्छ ।
आज रोबोटले हाम्रो यौन जिवनदेखि लिएर अन्त्यटिसम्मको काममा महत्वपूर्ण भूमिका निर्वाहा गर्दै आएको छ ।