सबैभन्दा महँगो एसयूभी कार्लमन किङ «

सबैभन्दा महँगो एसयूभी कार्लमन किङ

अनौठो र आकर्षक डिजाइनसहितको एसयूभी ‘कार्लमन किङ’ गत वर्ष दुबईमा भएको इन्टरनेशनल मोटर शोमा सार्वजनिक भएको थियो । कार्लमन किङ संसारकै महँगो एसयुभी (स्पोर्टस् युटिलिटी भेइकल) हो । यो कार जति आकर्षक छ, त्यति नै वजनदार समेत छ । कार्लमन किङको मूल्य २२ लाख अमेरिकी डलरबाट सुरु हुन्छ ।
यो कारको पृथकता कायम राख्न कम्पनीले १२ वटामात्र उत्पादन गरेको छ । कार्लमन किङ चाइनिज अटोमोटिभ फर्म आइएटी अटोमोबाइल टेक्नोलोजीले डिजाइन गरेको हो । यो कार १ हजार ८ सय जना युरोपियनहरु सम्मिलित टोलीले निर्माण गरेको हो ।
उक्त गाडीको तौल ४.५ टन अर्थात् ४ हजार ५ सय किलो छ, जुन बढाएर ६ टनसम्म पु¥उन सकिन्छ । ६ मिटर लामो यो एसयूभीमा चार जनामात्रै बस्न मिल्छ । यसको इन्टेरियर डिजाइयन निकै विलासी बनाइएको छ, जसलाई रोल्स रोयस क्लास लक्जरी भनिएको छ । यसमा अल्ट्रा एचडी फोरके टिभी र फ्रिज, स्याटलाइट फोनलगायतका सुविधा छन् ।
इन्जिनको कुरा गर्ने हो भने यो एसयूभीमा ६.८ लिटरको भी १० इन्जिन छ । जसले ४०० बीएचपीको पावर दिन्छ । यो कार प्रतिघण्टा १४० किलोमिटर गुड्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्