दरवाङमा नदी नियन्त्रण आयोजना सुरु «

दरवाङमा नदी नियन्त्रण आयोजना सुरु

म्याग्दी नदीको कटानको चपेटामा परेको माीलका गाउँपाीलकाको केन्द्र दरवाङ बजार नदी नियन्त्रण आयोजनाको काम सुरु भएको छ ।
माीलका गाउँपाीलकाले नदी कटान नियन्त्रणका लागि किनारमा पक्की पर्खाल निर्माणको काम सुरु गरेको हो । उपभोक्ता समितिमार्फत नदी नियन्त्रण आयोजनाको काम सुरु भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए ।
नदी नियन्त्रण योजनाका लागि चालू आवमा गाउँपालिकाले १५ लाख र ६ न. वडा कार्यालयले तीन लाख रुपैयाँ विनियोजन गरेको थियो । गाउँपालिका र वडाको १८ लाख रुपैयाँ अनुदान तथा उपभोक्ताको दुई लाख रुपैयाँ बराबरको श्रमदानमा आयोजना निर्माण गर्ने लक्ष्य छ । म्याग्दीको पश्चिमी क्षेत्रको ब्यापारिक केन्द्र र दोस्रो सदरमुकामको रूपमा चिनिने दरवाङबजार उत्तरतर्फबाट म्याग्दी नदीले बर्सेनि कटानका कारण जोखिममा परेको छ । जनप्रिय माविको खेलमैदान क्षेत्रमा नदी किनारमा पक्की पर्खाल निर्माण गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष गोपाल गौतमले बताए ।
यस वर्ष विनियोजन भएको बजेटबाट ३८ मिटर लम्बाइको पर्खाल निर्माण गर्ने योजना छ । जगमा तीन मिटर चाक्लो पीसीसी ढलान गरेर पिरामिड शैलीमा कम्तीमा तीन मिटर चौडाइ र चार मिटर उचाइ भएको पर्खाल बनाइने छ ।
पर्खाल निर्माणमा मजदुर परिचालन र जनश्रमदान गरेर नदी किनारको ढुंगा संकलन गरिएको छ । २५० घरधुरी बजारवासीले प्रतिघर एक दिनका लागि श्रमदान गर्ने भएका छन् । दुई मिटरभन्दा बढी लम्बाइको पर्खाल बनाउनुपर्ने भए पनि पर्याप्त बजेट नहुँदा योजना अधुरो रहने देखिएको अध्यक्ष गौतमले बताए ।
नदी नियन्त्रणका लागि जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालयले यसअघि ११५ थान ग्याबियन पर्खाल बनाएको छ । म्याग्दी प्रवासी नेपाली संघले गत असोज–कात्तिकमा भएको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा दरवाङ बजार संरक्षणका लागि सहयोग गर्ने घोषणापत्र जारी गरेको थियो ।
सन्तोष गौतम

प्रतिक्रिया दिनुहोस्