लक्ष्मी बैंकको लक्षित मुद्दती बचतमा १० प्रतिशत ब्याज «

लक्ष्मी बैंकको लक्षित मुद्दती बचतमा १० प्रतिशत ब्याज

 लक्ष्मी बैंकले ‘लक्षित मुद्दती–रिकरिङ बचत’मा दिँदै आएको ब्याजदरलाई संशोधन गरी १० प्रतिशत ब्याज प्रदान गरेको छ । लक्ष्मी बैंकको लक्षित मुद्दती बचत जिम्मेवार व्यक्तिहरूलाई लक्षित गरी ल्याइएको बचत योजना हो । यो लक्षित मुद्दती रिकरिङ डिपोजिटमा ग्राहकहरूले न्यूनतम ५ सय रुपैयाँदेखि जम्मा गर्न सक्नेछन् । ग्राहकले जम्मा गर्ने रकम सुनिश्चित गरिसकेपछि गरेको रकम हरेक महिना स्वतः लक्षित मुद्दती खातामा उक्त रकम जम्मा हुने गर्छ । १ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिन्छ ।
यस योजनामा ग्राहकले ब्याज आफ्नो बचत परिपक्व भएको अवस्था वा त्रैमासिक रूपमा खातामा जम्मा गर्ने विकल्प मध्ये एक विकल्पलाई छनौट गर्न पनि सक्नुहुने छ । साथै लक्षित मुद्दती खाता खोल्ने सम्पूर्ण ग्राहकहरूले लक्ष्मी बैंकको आधिकारिक भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाताको सुविधा प्राप्त गर्न सक्नेछन् । लक्ष्मी बैंकका नेपाल अधिराज्यभर रहेका ७८ शाखाबाट सहजै रूपमा उपलब्ध छ ।

 

प्रतिक्रिया दिनुहोस्