राजधानी बाहिरबाट पनि श्रमस्वीकृति

वैदेशिक रोजगारका लागि विदेश जाने कामदारलाई श्रम स्विकृतीमा पहुच विस्तार गर्न सरकारले राजधानी बाहेर २ स्थानबाट श्रम स्विकृती दिने गरी सेवा वितास्तार गर्ने तयारी गरेको छ ।बिशेषगरी बिदामा आएका कामदारको लागि पुनः श्रमस्वी दिने लक्ष्य सहित धनुषा र पश्चिम क्षेत्रमा पुर्ण श्रम स्विकृती दिनेगरी कार्यलय विस्तारको गृहकार्य शुरु गरिएको छ । सरकारले राजधानीमा मात्र केन्द्रित श्रम स्विकृती दिने कार्यलयलाई उपत्यकका बाहिर विस्तारको तयारी गर्न वैदेशिक रोजगार विभागलाई अनुरोध गरेको छ । नवनियुक्त श्रम मन्त्री गोकर्ण विष्टले पुर्व क्षेत्र र पश्चिम क्षेत्रका युवालाई लक्ष्ति गरेर कार्यलय विस्तार गर्न लागेको जानकारी दिएका छन । वैदेशिक रोजगारीका लागि विदेश जाने युवाहरु रहेका क्षेत्रमा कार्यलय खोल्ने गरी तयारी अघि बढाएको उनले जानकारी दिए ।
उपत्यका बाहिर हाललाई २ वटा कार्यलय स्थापना गर्न सके बिदामा आउने कामदारले काठमाडौंको ताहाचलमा रहेको श्रम कार्यालयमा लामो लाईनमा लागेर श्रम स्विकृती लिनु पर्ने बाध्यता हटने मन्त्री बिष्टको भनाई छ । आईतबार मन्त्री बिष्टले पश्चिमा रुपन्देही, सुर्खेत र पुर्वमा धनुषामा श्रम कार्यालय खोल्न सकिने गरी योजना बनाएको जानकारी दिए । सरकारले पुन श्रम स्विकृतीका लागि उपत्यकका बाहिर कार्यलय खोल्न सके देशभरका युवाको भिड काठमाडौ कार्यलयमा कम हुने छ । हाल श्रम स्विकृतीकै लागि नया, पुराना र सस्थगतको स्विकृतीका लागि दिनभर लाईनमा वस्नु पर्ने बाध्याता रहेको छ ।
श्रम मन्त्रालयका वैदेशिक रोजगार हेर्ने उपसचिब तेजप्रसाद पाण्डे उजुरी र संस्थागत श्रम स्विकृती बाहेक बिदामा आउने कामदारका लागि बाहिर कार्यलय स्थापन गर्ने योजना रहेको बताए । “संस्थागत श्रम स्विकृती मेनपावर कम्पनी काठमाडौ केन्द्रित भएकाले उपत्याका बाहिर त्यती सहज नमानिएपनि बिदामा आउने कामदारलाई घर पायक सेवा दिन सहज हुन्छ ।” उनले भने “सस्थागत श्रम स्विकृती काठमाडौ कार्यलयबाट दिन सहज हुन्छ र पुन श्रम स्विकृती काठमाडौ बाहिरबाट दिदा उपयुक्त हुन्छ ।”
सबैलाई श्रम स्वीकृति लिन नयाँ स्थापित कार्यलयबाट सहज नभएपनि पुनश्रम स्विकतीको भने काम गर्न सकिने मन्त्रालयको भनाई छ । मन्त्रालयले कायलय विस्तारका विषयमा प्रक्रिया अघि बढाउन वैदेशिक रोजगार विभागका महानिर्देशकलाई सकजिकरण गर्न अनुरोध गरिसकेको छ । उपत्यका बाहिर कार्यलय स्थापना गर्दा थप जनशक्तिको आवश्कता भने अर्को चुनौती छ । अहिले ताहाचलबाट पुन श्रम स्विकृती लिनेको संख्या औषत मासिक २० हजार रहेको छ ।
उपत्यकका बाहिर कार्यलय स्थापना गर्दा हाल ताहचल कार्यलयले दैनिक गदै आएको कामको चाप आधा भन्दा बढीले कमी आउने मन्त्रालयको अनुमान छ । अन्य रोजगारदाताको तुलनामा बिशेषगरी कतार र साउदी अरबबाट आउने युवाहरुले बढी पुनश्रमस्विकृती दिने गरेको देखिन्छ । नेपालले वैदेशिक रोजगारका लागि खुल्ला गरिएका ११० राष्ट्र मध्ये सबै भन्दा बढी कतार र दोस्रोमा साउदी अरबबाट बिदामा धेरै युवा आउने गरेका छन । यस्ता कामदारका लागि स्थानिय स्तरमा श्रम स्विकृतीको लागि कार्यलय स्थापना गर्नु उपयुक्त मानिन्छ । बिदामा आएका कामदार श्रम स्विकृती कै लागि लामो समयसम्म राजधानीमा अल्मलिने गरेका छन । नेपालको राम्रो श्रम गन्तब्य मानिएको मलेसियामा पुन श्रम स्विकृती लिएर जाने नेपाली संख्या भने कतार र साउदी अरबको तुलनामा आधा पनि छैन । यसको अर्थ खाडी मुलुकमा अनुभवी कामदारको सेवा सुविधा राम्रो हुने गरेका कारण कार्यलय विस्तार पछि कतार र साउदी अरब दोहो¥याएर जाने युवाले सरकारको योजनाबाट लाभ लिन सक्छन ।