वीरगञ्जमा हुन्डाईको नयाँ सोरुम

काठमाडौं– नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पर्साको वीरगञ्ज महानगर–११ श्रीपुरमा नयाँ नयाँ सोरुम विस्तार गरेको छ । कम्पनीले नयाँ सोरुमबाट वीरगञ्ज, सिमरा, कलैया, चन्द्रनिगाहपुरलगायत क्षेत्रका ग्राहकले हुन्डाईका प्रिमियम गाडी र अत्याधुनिक सेवा सहज रुपमा लिन सक्ने बताएको छ ।
सोरुम आधुनिक पूर्वाधारसहित तयार गरिएकाले ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिने दाबी कम्पनीको छ । हुन्डाईको सन्जाल विस्तार योजनाअन्तर्गत वीरगञ्ज सोरुम सञ्चालन ल्याइएको कम्पनीले जनाएको छ । लक्ष्मी ग्रुपले नवलपरासीको रामग्राममा चारपांग्रे गाडी एसेम्ब्ली प्लान्ट सञ्चालनमा ल्याइसकेको छ । बढ्दो बिक्री केन्द्र, सर्भिस सेन्टर र ग्राहक सम्पर्क बिन्दुबाट कम्पनीले उत्कृष्ट यातायात विकल्प दिने उद्देश्य राखेको छ ।