Logo

दुई लाख पाँच हजार नौ सय पुग्यो सुनको मूल्य

काठमाडौं- सुनको मूल्य प्रतितोला दुई लाख पाँच हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

सोमबार प्रतितोला सुन दुई लाख पाँच हजार ३ सयमा कारोबार भएकोमा मंगलबार प्रतितोला छ सय बढेको हो । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर दुई हजार ४ सय ८५ रुपैयाँ पुगेको छ ।

अन्तरराष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस तीन हजार ४९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । नेपाली उपभोक्ताको मागका कारण नभई विश्व राजनीति र अर्थतन्त्रमा उत्पन्न उतारचढावका कारण सुनको मूल्य बढेको हो ।

प्रतिक्रिया दिनुहोस्