केटीएमले पहिलो अरेन्ज स्टन्ट प्रतिस्पर्धा गर्ने

केटीएमले नेपालमा पहिलो अरेन्ज स्टन्ट प्रतिस्पर्धा ‘रोरिङ गेयर्स’ आयोजना गर्ने भएको छ । सातदोबाटो स्वीमिङ कम्प्लेक्समा हुने प्रतिस्पर्धामा विश्व विख्यात स्टन्ट राइडर रोक बगारोज स्लोभेनियाबाट नेपालमा आएका छन् । यो आफ्नो किसिमको पहिलो समारोह हो, जहाँ आगन्तुकहरू या त केटीएम मोटरसाइकल चालक हुनेछन् या नेपालभित्रका केटीएम शोरुमबाट टेष्ट ड्राइभ गरेका हुनेछन् ।
केटीएम अस्ट्रेलियामा उत्पादन भएको युरोपको नम्बर १ स्पोर्टस मोटरसाइकल ब्रान्ड हो, जसलाई नेपालमा हन्सराज हुलासचन्द एन्ड कम्पनीले बिक्री गर्दै आएको छ । विगत केही वर्षदेखि नेपालमा स्टन्ट राइडिङ र स्टन्ट कल्चरले लोकप्रियता पाउँदैछ । स्टन्टको बढिरहेको लोकप्रियता र रोक बगारोजको उपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सहभागीहरू शनिबार हुने यस प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्नका लागि छानिएका छन् । यही फागुन २६ गते शनिबार स्वीमिङ कम्प्लेक्समा हुने यस समारोहमा स्टन्टप्रमीहरूको सहभागिता रहने आयोजको अपेक्षा छ ।