Logo

लक्ष्मी बैंकको अध्यक्षमा घिमिरे

लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष सुशील घिमिरेले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । बैंकको सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नु हुने घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो ।
शपथ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरू तथा अन्य पदाधिकारीका साथै लक्ष्मी बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत तथा पदाधिकारीहरूको समेत उपस्थिति थियो । नवनियुक्त अध्यक्ष घिमिरे नेपाल सरकारका पूर्वसचिव हुन् । उनीसँग नेपाल सरकारको तर्फबाट विभिन्न सार्वजनिक संस्थाको सञ्चालक समितिमा रही अध्यक्षको पद सम्हालेको अनुभव रहेको बैंकले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्