विराट एक्सपोमा मोरङ उद्योग संगठन र नाडाको सहकार्य

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सोमबार मोरङ्ग उद्योग सङ्गठनका अध्यक्ष भिम घिमिरेको नेतृत्वमा आएको ५ सदस्यीय प्रतिनिधिमण्डललाई नाडाको कार्यालयमा स्वागत गरेका छन् । आगामी फागुन २ गतेदेखि १० गतेसम्म सञ्चालन हुने विराट एक्सपोको प्रवद्र्धनका सन्दर्भमा आएको सो प्रतिनिधिमण्डललाई नाडाले स्वागत गरेको नाडाले जानकारी दिएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सोमबार मोरङ्ग उद्योग सङ्गठनका अध्यक्ष भिम घिमिरेको नेतृत्वमा आएको ५ सदस्यीय प्रतिनिधिमण्डललाई नाडाको कार्यालयमा स्वागत गरेका छन् । आगामी फागुन २ गतेदेखि १० गतेसम्म सञ्चालन हुने विराट एक्सपोको प्रवद्र्धनका सन्दर्भमा आएको सो प्रतिनिधिमण्डललाई नाडाले स्वागत गरेको नाडाले जानकारी दिएको छ ।
स्वागत गर्दै अध्यक्ष दुलालले नाडालाई देशव्यापी बनाउन पहल भइरहेको भन्दै नेपालको पहिलो अटो उद्योग हुलास मोटर्स पूर्वमै स्थापना भएको, लुव्रिकेण्टस उद्योगहरु पनि धेरै पूर्वमै स्थापना भएको बताए । अब पनि अटोमोवाइल उद्योग स्थापना गर्नका लागि उद्योग सङ्गठन मोरङ्गले पहल गरोस् भन्ने इच्छा व्यक्त गरे । भेटघाट कार्यक्रममा मोरङ्ग उद्योग सङ्गठनका अध्यक्ष भिम घिमिरेले अध्यक्ष दुलाललाई निर्विरोध निर्वाचित भएकोमा बधाई दिँदै उनको नेतृत्व एतिहासिक होस् भन्ने कामना पनि गरे । उनले उद्योग व्यवसायको खस्किँदो अवस्थालाई उठाउन नाडाले आवश्यक पहल गरोस्, अटोमोबाइल व्यवसायको प्रवद्र्धन र सम्बद्र्धनका लागि नाडाले उल्लेख्य भूमिका निर्वाह गर्न सक्ने बताए ।
छलफलमा विराट एक्सपोका संयोजक भोलेश्वर दुलालले सो एक्सपोबारे जानकारी दिँदै प्रदर्शनीमा सहभागिताका लागि औपचारिक रुपमा निमन्त्रणा दिए । छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल, निलमणी पाठक, धु्रव थापा, शुभासिस थपलिया र पंकज अग्रवालसमेतको उपस्थिति रहेको थियो । त्यसैगरी मोरङ्ग उद्योग सङ्गठनको प्रतिनिधि मण्डलमा अध्यक्ष भिम घिमिरे लगायत भोलेश्वर दुलाल, सुयस प्याकुरेल, सुबोध कोइराला तथा चुँडामणी भट्टराई समेतको उपस्थिति रहेको थियो ।