‘क्वीक भुक्तानी’का लागि लक्ष्मी बैंक र एफवान सफ्टबीच सम्झौता

लक्ष्मी बैंक र एफवान सफ्ट इन्टरनेसनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाको निमित्त ‘क्वीक भुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सम्झौता भएको छ । ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म युके एड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेसनलले तयार पारेको हो ।
सम्झौताअनुसार, लक्ष्मी बैंकले आफ्ना ग्राहकहरूलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउनेछ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्ने बैंकले जनाएको छ । ‘क्वीक भुक्तानी’ यस्तो अनलाइन प्लेटफार्र्म हो जसले विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता रसप्लायरहरू, ती सामानरसेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउँछ । सप्लायरले, यो प्लाटफर्र्र्र्म प्रयोग गरी, आपूर्ति गरिएको सामानरसेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँछ ।
यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्र्पूण रकम क्रेता कम्पनीबाट प्राप्तगर्ने छ ।