युनिग्लोब कलेजद्वारा कर्पोरेट प्लेसमेन्ट मेला आयोजना

काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेज परिसरमा शुक्रबारको दिन विभिन्न संघ–संस्थाहरूको उपस्थितिमा कर्पोरेट प्लेसमेन्ट मेला सम्पन्न गरेको छ ।
कार्यक्रममा व्यवस्थापन संकायका एमबीए(फाइनान्स), एमबीए, बीबीए र बीबीए –बीआई कार्यक्रमका भर्खरै उत्तीर्ण भएका छात्र–छात्राहरू गरी सय जनाको सहभागिता थियो । कार्यक्रममा स्टान्डर्ड चार्टर्ड बैंक, एनआईसी एसिया बैंक, शंकर ग्रुप, कान्तिपुर मिडिया ग्रुप, मोरङ अटोवर्कस, सानिमा लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, शिखर अर्गनाइजेसन, सिप्रदी ट्रेडिङ, गोल्यानग्रुप, एनआईसी एसिया क्यापिटल, ई–सेवा, होङफु कम्युनिकेसन, मीरा वायोटेक, ओदत फुड्स एन्ड वेभरेज, क्लासिकटेक, ओयो रुम्स, ओप्पो मोबाइल, स्किल बेस्ट, सिई कन्सट्रक्सनलगायत २१ वटा विभिन्न क्षेत्रका कम्पनीहरूको उपस्थिति थियो ।
कार्यक्रमको उद्घाटनमा युनिग्लोब कलेजका प्रबन्ध निर्देशक तथा प्राचार्य डा.नरबहादुर विष्टले युनिग्लोब कलेजका विद्यार्थीहरूले व्यवस्थापन अध्ययनसँग सँगै बजारको मागबमोजिम बहुआयामिक शिक्षा हासिल गरेकाले यस्तो अवसरले उनीहरूलाई आफ्नो गन्तव्यमा पु¥याउनका लागि विशेष सहयोग हुने बताए । कार्यक्रममा कलेजका कार्यक्रम निर्देशक अनन्त राज घिमिरेले युनिग्लोबले विद्यार्थीहरूलाई बजारको मागबमोजिम विशिष्ट शिक्षा र प्रयोगात्मक अभ्यास गराउँदै मागबमोजिम दक्षजनशक्ति उत्पादन गर्दै आएको बताए ।