रनर मोटरसाइकलको दशैं, तिहार, छठ अफर

बंगलादेशको प्रतिष्ठित ब्रान्ड रनर मोटरसाइकलले दशैं, तिहार र छठको उपलक्ष्यमा फेस्टिभल अफर सार्वजनिक गरेको छ । नेपालका लागि रनर मोटरसाइकलको आधिकारीक बिक्रेता रमण मोटर्सले सार्वजनिक गरेको उक्त अफरमा रनर मोटरसाइकलको खरिदमा २० हजारसम्म नगद छुटको व्यवस्था गरेको जनाएको छ ।
साथै उक्त चाडभरीमा खरिद गर्ने प्रत्येक सय जनामध्ये एक जना भाग्यशाली विजेताले बंगलादेशको रनर प्mयाक्ट्रि घुम्ने अवसर पाउने रमण मोटर्सका बिजनेश डेभलेपमेन्ट हेड सन्तोष न्यौपानेले जानकारी दिएका छन् । हाल नेपालमा रनर मोटरसाईकलको ८० सिसि देखी २०० सि सि सम्मका मोटरसाईकल र ११० सिसिको स्कुटर बिक्री भइरहेको छ । त्यसमा पनि रनर हक २०० सिसि अफरोड मोटरसाइकल ग्राहकले अत्यन्तै रुचाएको न्यौपानेले जनाए । देशैभर करिब २५ स्थानमा डिलर रहेको रमण मोटर्सले सर्भिस र स्पेयर पार्टसको सुविधा, एक्सचेन्जमा उत्कृष्ट मूल्याङ्कन र स्पट फाईनान्ससहित विगत केहि वर्षदेखी मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको पनि जनाएको छ ।