Logo

२ करोड नोकरी खोस्दै रोबोट

वासिङटन-आगामी २०३० सम्ममा रोबोटले म्यानुफ्याक्चरिङ क्षेत्रबाट २ करोड नोकरी खोस्ने एक अध्ययनले देखाएको छ । यसले सामाजिक असमानतामा थप वृद्धि हुनेछ । अटोमेसन तथा रोबोटका कारण आर्थिक लाभ त हुनेछ तर कम सीप भएका नोकरी समाप्त हुनाले समाजमा सामाजिक तथा आर्थिक तनावमा थप वृद्धि हुने हालै जारी गरिएको एक पूर्वानुमानले देखाएको छ ।
बेलायतमा रहेको एक शोध तथा परामर्श फर्म अक्सफोर्ड इकानोमिक्सले गरेको अध्ययनले रोबोटको उदयले नोकरीको विस्थापन विश्वभरीमा वा देशभित्र समान रुपमा नहुने देखाएको छ ।
रोबोटले पहिलेनै लाखौ म्यानुफ्याक्चरिङ क्षेत्रको रोजगारी खोसेको र यो सेवा क्षेत्रमा पनि विस्तार हुन थालेको अध्ययनमा उल्लेख छ । यसले कम्प्यूटर भिजन, स्पीच रिकगिनसन तथा मेसिन लर्निङमा राम्रो काम गरिरहेको छ ।
न्यून सीप भएको क्षेत्रको रोजगारी खोसिने सम्भावना उच्च सीप भएको क्षेत्रको तुलनामा उच्च भएको अध्ययनले देखाएका छ । यो दुई गुणा बढी भएको पनि अध्ययनले देखाएको छ । स्वचालित कार तथा ट्रक, रोबोटले खाना तयार पार्ने तथा अटोमेटेड कारखाना तथा गोदामको सञ्चालन जस्ता प्रविधिको उदय तथा रोजगारीमा यसको प्रभावको विषयमा भएको चर्चाको समयमा यस्तो विषय आएको हो ।
सामान्य रुपमा अटोमेसनले रोजगारी खोस्नुको सट्टा सिर्जना गरेको कैयौ विश्लेषकहरुले बताएका छन् । तर पछिल्ला वर्षहरुमा यो प्रविधिले श्रमिकको रोजगारी खोसेको देखिएको छ । नयाँ अध्ययनका अनुसार रोबोटाइजेसनको हालको लहरले अन्ततः उत्पादकत्व तथा आर्थिक विकास बढाउन सक्ने छ । यसले जति रोजगारी गुम्छ त्यही मात्रामा रोजगारी सिर्जना पनि गर्ने अध्ययनले देखाएको छ ।
उच्च उत्पादकत्वले २०३० सम्म विश्वव्यापी अर्थतन्त्रका लागि ५० खर्ब डलर रोबोटिक्स लाभांश मिल्ने पूर्वानुमानमा शोधकर्ताले बताएका छन् । दोहो-याउने खालको कार्यमा धेरै रोजगारी प्रभावित हुने अध्ययनकर्ताहरुले बताएका छन् । जस्तै गोदामको काम । तर रचनात्मक तथा सामाजिक वृद्धिमत्ताको आवश्यकता पर्ने काममा आगामी कैयौ दसक सम्म रोबोटले रोजगारी खोस्न सकिदैन ।
खुद्रा बिक्र, हेल्थकेयर, हस्पिटालिटी तथा यातायातका साथै निर्माण तथा खेती सहित कैयौ क्षेत्रमा रोबोटको प्रयोग तीव्र दरमा वृद्धि भइहेको अध्ययनले जनाएको छ । देश र क्षेत्रका आधारमा यसको प्रभाव असमान हुने अध्ययनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्