पिच गरेको एक सातामै भत्कियो सडक «

पिच गरेको एक सातामै भत्कियो सडक

रौतहटको चन्द्रपुर नगरपालिकामा निर्माण भएको सडक सातादिन नहुँदै भत्किन थालेको छ । चन्द्रपुर नगरपालिका–९ को सिन्धुरेघारीदेखि चेतनगरसम्मको करिब १ किलोमिटर ८ सय मिटर सडक बनाएको एक सातामै भत्किन लागेपछि स्थानीयले गुणस्तरहीन सामग्री प्रयोग गरेको भन्दै विरोध जनाएका छन ।
डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरमार्फत बन्दना भगवती कामख्या जेभी बत्तीसपुतली काठमाडांैले उतm सडक कालोपत्रे गर्ने ठेक्का पाएको थियो । सिन्दुरेघारीदेखि बिनुवा टोलसम्मको १८ सय मिटर सडक कालोपत्रे गर्नका लागि १ करोड ६० लाखमा निर्माण कम्पनीले ठेक्का सकार गरेको हो । तर निर्माण कम्पनीले काम गरेको एक साता नबित्दै कालोपत्रे उप्किन थालेपछि गाँउलेहरू आक्रोशित भएका छन् । ठेकेदार कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेका कारण बन्दै गरेको सडक भत्कन थालेको स्थानीय बासिन्दा सूर्य थापाले बताए ।
पिच सडक धमाधम हातले भत्काउँदै स्थानीय थापाले प्रतिप्रश्न गर्दै भने, “यो पिचलाई गुणस्तर भन्ने ? यस्तो गुणस्तरहीन पिच भत्काएर पुनः निर्माण गर्नुको कुनै विकल्प छैन ।”
सरकारले दिगो विकासको लक्ष्य लिएको अवस्थामा निर्माण कम्पनीले कागजी प्रक्रिया मिलाई निर्माण कम्पनीले बजेटको दुरुपयोग गरेको गाउँलेहरूको भनाइ छ । कुनै राजनीतिक दलमा आबद्ध भए पनि गुणस्तरहीन काम गर्ने यस्ता निर्माण कम्पनीलाई कारबाही हुनुपर्ने गाउँलेहरू बताउँछन् । निर्माणस्थलमा सडकको परियोेजनाका बारेमा कुनै किसिमको होडिङबोर्ड समेत नराखिएकाले गाउँले समेत कालोपत्रे कसले र कतिको लागतमा गर्नेबारेमा अनभिज्ञ छन् ।
यस विषयमा जनप्रतिनिधि चन्द्रपुर नगरपालिका–९ का वडाध्यक्ष गोविन्द दुलालले सडकको कालोपत्रेको काम गुणस्तरहीन भएको बताए । यता डिभिजन सडक कार्यालय रौतहट चन्द्रनिगाहपुरका डिभिजन इन्जिनियर दरोगा साहले सो काममा एक दुइ स्थानमा त्रुटि भएको र सो सच्चाउन निर्देशन दिएको बताए । एक÷दुई स्थानमा निर्माण गर्दा त्रुटि भएको र अन्य स्थानमा काम राम्रै भएको डिभिजन प्रमुख साहले बताए ।
यता सोही कार्यक्रमअन्तर्गत गौर–पिपरा, समनपुर, विश्रामपुर नुनथर सडकअन्तर्गत उतm सडक कालोपत्रे भएको हो । करिब ७५ प्रतिशत काम सकिएको र काममा विभिन्न समस्याका कारण कालोपत्रे उप्किएको हुनसक्ने निर्माण कम्पनीका प्रतिनिधि स्वयंले स्वीकारेका छन् । अहिले रौतहटको अधिकांश स्थानीय तहले बनाउन लागेको सडकको गुणस्तर चेकजाच गर्नुपर्ने अवस्था आएको चन्द्रपुर–२ का स्थानीय सन्दिप आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्