कोकाकोलाले साझेदारहरूसँग मिलेर वल्र्ड विथआउट वेस्टका लागि काम गर्ने «

कोकाकोलाले साझेदारहरूसँग मिलेर वल्र्ड विथआउट वेस्टका लागि काम गर्ने

विश्व वातावरण दिवसको अवसरमा कोकाकोला नेपालले आफ्नो सस्टेनेवलिटी पार्टनरहरूसँग मिलेर वल्र्ड विथआउट वेस्टका लागि संकल्प गरेकोे छ । वल्र्ड विथआउट वेस्ट, सन् २०३० सम्मको बिक्री गरिएको प्याकेजिङको १०० प्रतिशतबराबरको संकलन र रिसाइकल गर्ने कोकाकोलाको प्रतिबद्धता हो ।
यसलाई हासिल गर्न कम्पनीले पोर्टफोलियो विस्तार गर्दै प्याकेजिङको १०० प्रतिशत रिसाइकल गर्न यसको डिजाइनमा केन्द्रित गरेको छ, साथै स्थानीय समुदाय, गैरसरकारी संस्थाहरू, उद्योग तथा उपभोक्ताहको साझेदारीमा रिसाइकल प्याकेजिङ संकलन गर्न त्यसलाई सम्बन्धित ठाउँमा पु¥याउन लागि परेको छ ।
यस कार्यका लागि डिजाइन, संकलन तथा पार्टनरको तीन स्तम्भ रहेको जनाएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा, कोक नेपालले आफ्ना सम्पूर्ण साझेदारी संस्थाहरू संयुक्त रूपमा रिसाइकिलिङका लक्ष्य हासिल गर्न प्रयत्न गरिरहेको कुरामा जोड दिएको छ ।
कोकाकोलाका साउथ वेस्ट एसियाको अप्रेसनका भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले भने, “विश्व वातावरण दिवस मनाउने एउटा उत्तम तरिका भनेको वातावरणमा हाम्रो व्यक्तिगत फुटप्रिन्टहरू स्वयम मूल्यांकन गरेर हामीले त्यस्ता समस्याहरूभन्दा पनि समाधानका लागि व्यक्तिगत रूपमा के गर्न सक्छौं भन्ने कुरा पहिचान गर्ने हो । यही कुरा हाम्रो संस्था, समुदाय तथा विश्वमै लागू हुन्छ । कोकाकोलामा हामी यसको समाधानका पक्षमा छौं । वल्र्ड विथआउट वेस्ट लक्ष्यअन्तर्गत हामी फोहोरका समस्याहरूलाई कम गर्न विभिन्न पहलहरू गर्दै आएका छौँ ।”
कोकाकोला नेपालले तथा बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेडले हालै नेपाली सेना, केन्द्रीय, प्रादेशिक र स्थानीय सरकार तथा नेपाल पर्वतारोहण संघ र एसपीसीसीसँगको सहकार्यमा सगरमाथाको फोहोर उठाउनका लागि सबैभन्दा ठूलो अभियानको सुरुवात गरेको थियो । ‘क्लिनआवर प्राइड’ भन्ने नाराका साथ सुरु गरिएको यस अभियानले विश्वको सबैभन्दा अग्लो हिमालको पवित्रतालाई सुरक्षित राख्दै यस्को स्वच्छतालाई बचाइ राख्ने लक्ष्य लिएको हो । सगरमाथा सरसफाइ अभियान २०१९ को बारेमा बोल्दै डन्डुराज घिमिरे–डिरेक्टर जनरल (पर्यटन विभाग) ले भने, “हामी नेपाली सेना, एसपीसीसी, कोकाकोला नेपाल र बोटलर्स नेपाल प्रतिसगरमाथा सरसफाई अभियानमा सहयोग गर्नु भएकोमा आभार प्रकट गर्न चाहन्छौं । यो विश्वकै सबैभन्दा अग्लो हिमालको फोहोर उठाउने सबैभन्दा ठूलो अभियानको सुरुवात थियो । आगामी दिनहरूमा पनि कोकाकोला नेपाल र अन्य निजी क्षेत्रहरूबाट यस्तै उत्साहपूर्ण सहकार्यको अपेक्षा गरेको छु ।”
यस्तै, कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “हामी आफ्नो गौरवको शिखर सगरमाथालाई सरसफाई गर्ने सबैभन्दा ठूलो पहलमा सहभागी हुन पाउँदा अत्यन्तै खुसी छौं र, हामी नेपाली सेना, एसपीसीसी, नेपाल पर्वतारोहण संगठन तथा नेपाल सरकारलाई आभार प्रकट गर्न चाहन्छौं ।

 

प्रतिक्रिया दिनुहोस्