Logo

नाडा एक्सपोेमा महिन्द्राका विद्युतीय सवारी साधन सार्वजनिक

अग्नी इनर्जीले यस पटकको इ.भिनाडा अटो शोमा महिन्द्रा ट्रीयो झोर नेपाली बजारमा ल्याएको छ ।
ट्रीयो झोर एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर पिकअप हो । जुन कार्गो खण्डमा र अन्तिम माइल डेलिभरीलाई पुन: परिभाषित गरेको छ ।
महिन्द्रा ट्रीयो झोर उत्कृष्ट ग्राहक मूल्य प्रस्ताव प्रदान गर्न अत्याधुनिक प्रविधिको साथ विकसित गरिएको छ र प्रत्येक ग्राहकको आवश्यकता पूरा गर्न ३ भेरियन्टमा उपलब्ध छ । अतुलनीय वृद्धिशील बचत, उद्योगमा उत्कृष्ट कार्यसम्पादन र उन्नत लिथियम–आयन प्रविधिजस्ता हाइलाइटहरूका साथ, ट्रीयो झोर कार्गो खण्डमा गेम चेन्जर हुन तयार भएर आएको छ ।
यस पटकको नाडा इ.भिअटो एक्सपो २०२२ मा अग्नी इनर्जीले महिन्द्रा इलेक्ट्रिक ३ पाङ्ग्रेट्रीयो ई–रिक्शा, ट्रीयो अटो र नयाँ महिन्द्रा इलेक्ट्रिक ट्रीयो पिकअप अवलोकन गर्न पाउने छन् । नेपालको ठूला चाडपर्वहरू विश्वकर्मा पुजा, दसैं, तिहार र छठलाई लक्षित गर्दै यी तीन इलेक्ट्रिक सवारी साधनहरुमा स्क्र्याच कार्डमार्फत आकर्षक नगद पुरस्कार र एक लाख रुपैयाँको बम्पर पुरस्कार समेत राखेकोेकम्पनीले जनाएको छ । यो योजना महिन्द्रा इलेक्ट्रिक ३ पाङ्ग्रे ट्रीयो ई–रिक्शा, ट्रीयो अटो र पिकअप खरिद गर्नेका लागि १ असोजदेखि १५ कात्तिकसम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्