Logo

फोटोनको नयाँ अमार्क टीएक्स मिनी ट्रक सार्वजनिक

नेपालको लागि फोटोन गाडीहरुको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले सम्पूर्ण नयाँ अमार्क टिएक्स मिनी ट्रक नेपालमा सार्वजनिक गरेको छ ।
२१ भदौमा औपचारिक रुपमा ट्रकको बिक्री शुभारम्भ गरिएको हो । यो व्यावसायिक मिनी ट्रक नेपालको सबै मुख्य सहरहरुमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । विशेषत: व्यावसायिक उद्देश्यहरु परिपूर्तिका लागि निर्माण गरिएको अत्याधुनिक नवीनतम अमार्क टीएक्स अटो क्षेत्रको सबैभन्दा पछिल्लो उन्नत इन्जिनियरिङसँग संयोजन गरिएको कम्पनीको दाबी छ । राम्रो माइलेज र ४१३० किलोसम्मको भारवहन क्षमता भएको बृहत् लोडिङ डेकसहितको यो पिक अपबाट उच्चतम नाफा आर्जन गर्न सकिने दावी कम्पनीले गरेको छ ।
भर्टिकलद्वारा शक्ति प्रदत्त, इन–लाइन, पानी चिस्याउने, फोर स्ट्रोक, टर्बो चार्जिङ, अधिकतम ३६०० आरपीएममा ७६ कि.वा.प्रतिफल दिने बिजे४९३ जेडएलक्युभि १ (इसुजु प्रविधि) इन्जिन जडित र ८० लिटर क्षमताको इन्धन ट्यांकसहित अधितकम टर्क १९००–२२०० आरपिएममा २२५ एनएम भएको नयाँ अमार्क टिएक्स पिक अप समुहमा आवश्यक पर्ने हर प्रकारको व्यावसायिक आवश्यकता पूरा गर्न सक्षम छ ।
जुनै अवस्थाको सडकमा पनि सजिलै गुड्ने गरी बनाइएको पिकअपमा ६.५० आर १६ प्रकृतिको टायर प्रयोग गरिएको छ जुन ६ र १ जगेडा समेत गरी ७ वटा रहेका छन् र यसको ह्वीलबेस २८०० मिमि छ भने जमिनबाटको उचाई (ग्राउण्ड क्लियरेन्स) न्यूनतम १९० मिमि रहेको छ । कम्पनीका अनुसार यो पिकअप सबैभन्दा सुरक्षित, अत्यन्त एर्गोनोमिक र हिटर समेत भएको आरामदायी क्याबिनहरु, समायोज्य स्टेयरिङ पाङ्ग्रा र चौथो श्रेणीको वाइड एंगल लेन्ससहित निर्माण गरिएको छ । साथै पिक अपमा सबै खाले अडियो–रेडियोहरु, अक्जुलरी र एमपि ३ रहेका छन्, जुन १२ भोल्ट ब्याट्री र १२० एएच ब्याट्री एम्पीयरयुक्त छन् ।
यी सबका अतिरिक्त विश्व स्तरीय अमार्क टिएक्समा अत्यन्त भरपर्दो ब्रेकिङ प्रणालीहरु जडित छन् । यसमा सर्भिस ब्रेकको प्रकतिमा हाइड्रोलिक, फ्रन्ट/रीयर ड्रम रहेका छन् भने पार्किङ ब्रेक प्रकृतिमा सेन्ट्रल ड्रम ब्रेक र अक्जुलरी ब्रेक प्रकृतिमा एक्जाहस्ट ब्रेक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्