प्रदीप गिरीको स्मृति कार्यक्रम «

प्रदीप गिरीको स्मृति कार्यक्रम

पूर्वसभामुख दमननाथ ढुंगानाले स्वर्गीय प्रदीप गिरीलाई अहिले सबैले वास्तविक प्रदीप गिरी खोजिरहेको भन्दै स्मरण गरेका छन् ।
बुधबार स्वर्गीय गिरीको स्मृति सभामा बोल्दै पूर्वसभामुख ढुंगानाले गिरीको भौतिक शरीर नभए पनि विचार छोडेर गएको भन्दै सम्झिए । उनले गिरीले स्वतन्त्रताका लागि निरन्तर लडेको बताए । उनले आफ्नो स्वतन्त्रता सरकार,पार्टी कसैलाई पनि नदिएर आफैंले लिएर गएको बताउनु भयो । प्रदीप गिरी एउटा पार्टी, देशमा अटाउने मान्छे नभएको भन्दै गिरी विचारको भने धनी भएको बताए ।
त्यस्तै मानव अधिकारवादी कपिल श्रेष्ठले प्रदीप गिरीको मृत्युले बौद्धिक, सौदान्तिक र राजनीतिक चिन्तलशील जगतले शून्यता महसुस गरेको बताए । उनले नेपालमा बौद्धिक चिन्तन गर्ने मानिसहरूको सधैँ खडेरी रहेको बताए । श्रेष्ठले गिरी अरु राजनीतियज्ञभन्दा फरक जीवन शैलीमा रमाउने नेता भएको बताए ।
त्यस्तै नेकपा एमालेका नेता रघुजी पन्तले गिरीलाई २०४६ सालतिर एक थरी काँग्रेसले कांग्रेस भनेर नै मान्ने नगरेको स्मरण गरे । उनले गिरी लेलिनलाई मन पराउने मान्छे भएको बताए ।
उनले स्व. गिरी नयाँ नेताभन्दा फरक व्यवहार र शैलीको नेता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्