‘महँगो विद्युत भारत र बंगलादेशमा निर्यात गर्न सकिँदैन’ «

‘महँगो विद्युत भारत र बंगलादेशमा निर्यात गर्न सकिँदैन’

बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने बताए ।
उनले पछिल्लो समय जलविद्युत आयोजना बनाउने क्रममा सरकारको नीति नियमको कारण परियोजना महँगो हुँदै गएको बताए । निर्देशक घिसिङले जलविद्युत आयोजना निर्माण गर्दा प्राकृतिक स्रोत प्रयोग गर्न नपाउने, वनको जग्गा प्राप्तिमा अर्बौ रुपैयाँ आयोजनाले खर्च गर्नुपर्ने भएकाले आयोजनाको लागत बढ्ने विद्युत महँगो हुने बताए । उनले नेपालको इनर्जिको स्रोत भनेकै जलविद्युत भएकाले जलविद्युत सस्तो वा महँगो बनाउने सरकारको गतिविधिले निर्धारण गर्ने बताए ।
“तनहँु जलविद्युत ५० अर्बको परियोजना हो । जसमा करिव ३ अर्ब वन र सरकारी जग्गालाई तिर्नुपर्‍यो । त्यस्तै निजी जग्गाको अर्को ३ अर्ब गरी ६ अर्ब र सरकारकै जग्गाको लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु भनेको राम्रो होइन” उनले भने, “यो आयोजना महँगो छ । रिर्टन भनेको ५ प्रतिशत पनि छैन । यो एकदमै महँगो आयोजना शुरु भएको हो । यो आयोजनामा एडीबी लगायतको ऋण भएकाले अगाडि बढेको हो । नत्र यो आयोजना भन्दा धेरै राम्रा आयोजनाहरु अगाडि बढेका छैनन् । यसरी नै हामीले आयोजनाहरु मँहगो बनाउँदै जाने हो भने हाम्रो जलविद्युत जनतालाई पनि महँगो पर्छ ।”
कार्यकारी निर्देशक घिसिङले जलविद्युत महँगो हुँदा जनतालाई समेत महँगो पर्ने बताउए । उनले जलविद्युत उत्पादन गरेर जति सस्तो बनाउन सकियो त्यति नै भारत र बंगलादेशमा निर्यात हुने दाबी गरे । बंलादेशमा विद्युत निर्यात गर्नको लागि भारतको भन्दा सस्तोमा विद्युत दिन सक्नुपर्ने बताए । घिसिङले ५० अर्बको तनहँु जलविद्युतमा करिव ३ अर्ब वन र सरकारी जग्गा र निजी जग्गामा ३ अर्ब गरी ६ अर्ब रुपैयाँ मुआब्जामा नै खर्च भएको बताए । उनले सरकारकै जग्गाको लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु भनेको आयोजनाबाट उत्पादन हुने विद्युत महँगो हुनु बताए ।
“जलविद्युतलाई नेपालले कति सस्तो बनाउने भन्नेकुरा नेपाल सरकारकै गतिविधिले गर्छ । जलविद्युत सस्तो भयो भने जनताले सस्तोमा पाउँछ । जलविद्युत सस्तो भयो भने भारत र बंगलादेशमा निर्यात हुन्छ” उनले भने, “भारतको भन्दा नेपालको जलविद्युत महँगो भयो भने निर्यात हुँदैन । त्यसैले नेपालको जलविद्युत सस्तो बनाउनेकी महँगो बनाउने हाम्रो गतिविधिले गरिरहेको छ ।”
निर्देशक घिसिङले सरकारले नै आयोजनाहरु महँगो बनाउँदै जाने हो भने जलविद्युत जनतालाई समेत महँगो पर्ने बताए । उनले नेपालको विद्युत महँगो भएमा विदेशमा निर्यात हुन पनि गाह्रो रहेको बताए । घिसिङले प्राकृतिक स्रोत प्रयोग गरे मात्रै जलविद्युत सस्ता ेपर्ने भन्दै स्रोतहरुको प्रयोग गर्ने नीति आवश्यक रहेको बताए ।
उनले कालिगण्डकीको कुनै पनि स्रोत प्रयोग गर्न नपाए कालिगण्डी करिडोरमा कुनैपनि परियोजना सस्तोमा बन्न नसक्ने बताए । घिसिङले परियोजना बनाउने स्थानमा भएका स्रोतको आवश्यकता अनुसार प्रयोग गरे मात्रै त्यसबाट पैसा आउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्