Logo

अजोड इन्स्योरेन्सको घुम्ती बिमा सेवा

अजोड इन्स्योरेन्सले गुल्मीको इश्मा गाउँपालिका–१ को वडा कार्यालयमा घुम्ती बिमा सेवा तथा स्थानीय निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
२८ जेठखमा सम्पन्न कार्यक्रमबाट ८ लाख ८१ हजार ७५० रुपैयाँ संकलन गरिएको कम्पनीले जनाएको छ । सो अवसरमा इश्मा गाउँपालिका–१ का वडा अध्यक्ष शेरबहादुर कुँवरको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।

कम्पनीको प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल र मानव संशाधन तथा प्रशासन प्रमुख प्रेमराज पाण्डेले कृषि बिमाको अर्थ, महत्व तथा प्रभावकारिताको बारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा सो वडाका वडा सदस्यहरु तथा स्थानीय कृषक उपस्थिति हुनुका साथै इन्स्योरेन्सका कर्मचारी पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्