बुलेटको शान «

बुलेटको शान

पृथक आवाज, अलग्गै देखिने बनोट शैली, मोटरसाइकल चढ्नेहरूका लागि राजाइमा नै हुने मोटरसाइकल हो बुलेट अर्थात रोयल इनफिल्ड । यो मोटरसाइकल दुइपांग्रे सवारी चालकहरूका लागि आकर्षित गर्ने मध्येमा पर्दछ । नेपाली बजारमा यो मोटरसाइकल सन् २००० आसपासमा आएको हो । उक्त समयमा मोटरसाइकलको बजार निक्कै सानो थियो र त्यसमा पनि रोयल इनफिल्डको त झनै सानो हुनु स्वभाविक हो । अहिले बजारको आकार वार्षिक करिब २ लाखको संख्यामा पुग्दा रोयल इनफिल्डको संख्या पनि ५ हजार नाघिसकेको छ ।
रोयल इनफिल्ड बेलायती मोटरसाइकल उत्पादक कम्पनी हो । यो कम्पनी सन् १९०१ मा स्थापना भएको थियो । उक्त समयदेखि हालसम्म निरन्तर रुपमा मोटरसाइकल उत्पादन गर्ने कम्पनी रोयल इनफिल्ड मात्र हो । अर्को कुरा रोयल इनफिल्ड बेलायती कम्पनी हो तर अहिले बेलायतमा रोयल इनफिल्डले मोटरसाइकल उत्पादन गर्दैन । रोयल इनफिल्डका जति पनि मोटरसाइकल उत्पादन हुन्छन् त्यो सबै भारतमा रहेको प्लान्टबाट नै हुने गरेको छ । बेलायतमा बिक्री हुने रोयल इनफिल्ड मोटरसाइकल समेत भारतीय प्लान्टमै उत्पादन हुने गरेको छ । तर भारतमै उत्पादन भएपनि त्यसको गुणस्तर र आउने प्रविधिमा कुनै सम्झौता नुहुने दाबी गरिएको छ ।
नेपाली बजारमा पनि भारतीय प्लान्टमा उत्पादिन रोयल इनफिल्ड नै आउने गरेको छ । भारतमा आइसर मोटर इन्डियाको एउटा कम्पनीको रुपमा रोयल इनफिल्ड उत्पादन हुँदै आएको छ । भारतबाट रोयल इनफिल्ड निर्यात हुने देशहरूको सूचीमा नेपाल पहिलो स्थानमा रहेको छ । सन् २००० ताका रोयल इनफिल्ड नेपाल आएको भएपनि सन् २००२ देखि रोययल इनफिल्डका मोटरसाइकल दुगर्ड समूहले आधिकारिक रुपमा भित्र्याएको हो । विगतमा दुगर्ड ब्रदर्स एन्ड सन्स कम्पनी रहेकोमा हाल उक्त समूहकै विवेक अटोमोबाइल्स प्रालिले आधिकारिक रुपमा आयात गर्दै आएको कम्पनीका सेल्स म्यानेजर रुद्रजंग शाहले बताए ।
“सुरुमा हामीले आधिकारिक बिक्रेताको रुपमा रोयल इनफिल्ड मोटरसाइकल भित्र्याउँदा केही थान मोटरसाइकल मात्र बिक्थ्यो,” उनले भने, “पहिलो वर्षमा हाीमले जम्मा ४८ वटा रोयल इनफिल्ड मोटरसाइकल बिक्री गरेका थियौं ।” अहिले समय बदलिएकाले हाम्रो मात्र होइन सबै कम्पनीका मोटरसाइकलको बजार व्यावक रुपमा वस्तार भएको छ । संगै रोयल इनफिल्डले पनि आफ्नो उपस्थिति बलियो बनाएको भन्दै शाहले भने, “अहिले हामी वार्षिक ५ हजारभन्दा धेरै मोटरसाइकल बिक्री गर्ने स्थितिमा पुगेका छौं ।” यो गत वर्षको तथ्यांक हो । आगामी वर्षहरूमा आफ्नो बजार हिस्सा अझ बनाउने गरि योजनाहरू बनाइ रहेको उनको भनाइ छ ।
रोयल इनफिल्ड मोटरसाइकलका प्रयोगकर्ताहरू भिन्दै खालका छन् । लोमो तथा एडभेन्चर यात्रामा जानेहरू जो आफ्नो मोटरसाइकलमा जान्छन् उनीहरूले रोयल इनफिल्डकै मोटरसाइकल रोज्ने गरेका छन् । रोयल इनफिल्डका मोटरसाइकल अन्य कम्पनीका मोटरसाइकलको तुलनामा निक्कै बलियो मोटरसाइकल हो । यो मोटरसाइकल पछिल्लो समय प्रोफेसनल तथा युवा विद्यार्थीहरूले समेत रोज्ने गरेको शाहको भनाइ छ । यो बेलायती ब्रान्डको मोटरसाइकल भएकाले उपभोक्ता प्रति यसको छवी उचो रहेको छ । विभिन्न क्लबहरूले टूर जानका लागि रोयल इनफिल्डका मोटरसाइकल रोज्ने गरेका छन् भने कम्पनीले पनि विभिन्न समयमा टूर क्याम्पहरू आयोजना गर्दै आएको शाहले जानकारी दिए । रोयल इनफिल्डका सबै मोटरसाइकल ‘मेलट मेड’ हुन् । त्यसले पनि यो मोटरसाइकल निक्कै बलियो रहेको छ ।
हाल नेपाली बजारमा रोयल इनफिल्डका ३ सय ५०, ४ सय ११ र ५ सय सीसी इन्जिन क्षमताका मोटरसाइल उपलब्ध रहेका छन् । ४ सय ११ सीसीको हिमालयन मोटरसाइकल भिन्दै लुक्समा केही वर्ष अघि बजारमा आएको हो । नेपाली बजारमा यो मोटरसाइकल छोटो समयमा लोकप्रिय भएको शाहको दाबी छ । अन्य मोडलहरूमा क्लासिक र क्लासिक इलेक्ट्र ३ सय ५० र ५ सय सीसीमा उपलब्ध छ भने क्लासिक थन्डरवर्ड ३ सय ५० र ५ सय सीसी इन्जिन क्षमतामा उपलब्ध रहेको छ ।
२ सय ५० सीसीभन्दा बढी इन्जिन क्षमतामा रोयल इनफिल्ड मोटरसाइकल नेपाली बजारमा अग्र स्थानमा रहेको छ । यो सेगमेन्टमा रोयल इनफिल्डको प्रतिस्पर्धी नै छैनभन्दा पनि फरक नपर्ने शाहको भनाइ छ । “यो सेगमेन्टका मोटरसाइकल रुचाउने उपभोक्ताहरू रोयलइनफिल्डसंग नै अनुबनध हुने गरेका छन्,” उनले भने, “अब आउने उपभोक्ताले पनि रोयल इनफिल्डकै मोटरसाइकल मनपराउने छन् । त्यसका लागि कम्पनीले आफ्नो उत्पादन समयानुकल परिमार्जन गर्दै लाने नै छ ।” रोयल इनफिल्डका सबै मोटरसाइकल बुलेट हुन् । अझ अर्को शब्दमा भन्दा रोयल इनफिल्ड भनेकै बुलेट हो । “पहिले आउने केही मोडलमा बुलेट लेखिएको हुन्थ्यो, तर अहिले कम्पनीले बुलेट लेख्न छाड्यो । नलेखे पनि रोयल इनफिल्डका सबै मोटरसाइकल बुलेट हुन्,” शाहले भने ।
यो वर्ष रोयल इनफिल्डको बजार हिस्सा नेपाली मोटरसाइकल बजारको १० प्रतिशतमा पुग्ने लक्ष्य रहेको छ । रोयल इनफिल्डले विश्वभर नै एकै मापदण्डको सोरुम बनाइ रहेको छ । नेपालमा पनि कतिपय ठाउँमा बनिसकेका र नयाँ बन्न लागेको ठाउँमा उक्त स्ट्यान्डरकै बन्ने उनले बताए । रोयल इनफिल्डले विश्वभर नै बीआरआइ स्यान्डरको सोरुम तथा सर्भिस सेन्टर बनाइ रहेको छ । “विश्वका जहाँ रहेको रोयल इनफिल्डको सोरुममा जाँदा पनि उपभोक्ताले एकै खालको अनुभव महसुस गरुन भनेर कम्पनीले उक्त स्ट्यान्डर लागु गरेको हो,” उनले भने, “नेपालका मुख्य सहरहरूमा सोही स्ट्यान्डरका सोरुम बन्दै छन् ।” काठमाडौंमा २, पोखरा, बुटवल, नारायणघाट, धरान र इयटहरीमा एक एक वटा बनिसकेको र अन्य सहरमा बीआरआइ सोरुम बन्दै गरे शाहको भनाइ छ ।
रोयल इनफिल्ड भारतीय बजारमा ६ सय ५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरि रहेको छ । भारतीय बजारमा आएको केही समयमा नेपाली बजारमा समेत ल्याउने योजना कम्पनीले बनाएको छ । उपभोक्ताको चाहना पूरा गर्न कम्पनीले उत्पादन गरेका नयाँ मोडलका मोटरसाइकल ल्याउन विवेक अटोमोबाइलले भरपुर प्रयास गर्ने सल्स म्यानेजर शाह बताउँछन् । यो कुरा यसअघि पनि लागु हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्