जापानको स्कुलमा रोबोटले बदमासि रोक्ने «

जापानको स्कुलमा रोबोटले बदमासि रोक्ने

टोकियो-जापानको स्कुलमा बालबालिकाबीचको आपसी झगडामा वृद्धि भइरहेको छ । अब यो समस्याको समाधान गर्नका लागि रोबोटको सहयोग लिइने भएको छ । याहाँ कक्षामा रोबोट राखिने भएको छ । जसले बच्चाको बदमासी रोक्ने छ ।
बालबालिकाबीच हुने बहस, आपसी झगडा जस्ता संकेतलाई रोबोटले तत्काल पहिचान गर्नेछ । यसले पहिला गरिएको झगडा अभैm धेरै बढ्यो भने रोक्ने छ । यी रोबोटले यही काम गर्नेछन् । यसले स्कुलको शिक्षकहरुलाई ठूलै राहात मिल्ने छ र उनीहरुको पुरा ध्यान बच्चाको पढाइमा हुनेछ ।
जानकारीका अनुसार जापानको पश्चिमी प्रान्त ओत्सुमा यसै महिनादेखि रोबोट तैनाथी पनि सुरु हुनेछ । गत वर्ष जापानको स्कुलमा बालबालिकाको झगडाको ४ लाख भन्दा बढी घटना दर्ता भएको थियो । यही गुनासोका कारण १० बच्चाले आत्महत्या समेत गरेका थिए । यसैले सरकारलाई यो फैंसला लिन परेको हो ।
एक घटना जापानको ओत्सुमा २०११ मा भएको थियो । जसमा १३ वर्षको बच्चाले आत्महत्या समेत गरेका थिए । यो घटनाको सम्बन्धमा ओत्सु शिक्षा बोर्डले बच्चाको आत्महत्याको कारण पारिवारिक तथा तनाव भएको बताएको थियो । तर यो आत्महत्याको विषयमा २ वर्षसम्म अनुसन्धान भयो र उनको आत्महत्याको स्कुलको झगडाको डरले भएको रहस्य खुलेको छ ।
प्रहरीको अनुसन्धानले बच्चालाई आत्महत्याका लागि उक्साएको देखाएको छ । उक्त बच्चालाई अन्य बदमास बच्चाहरुले झिंगा खानका लागि बाध्य बनाएका थिए । उनको घाटी समेत थिचिएको र उनको कपि समेत च्यातिएको थियो । यसपछि सरकारले २०१३ मा एक कानुन बनायो । जसमा भनिएको छ,“स्कुल तथा परिसरमा हुने कुनैपनि झगडालाई २४ घन्टाभित्र रिपोर्ट गर्नुपर्नेछ ।”

 

प्रतिक्रिया दिनुहोस्