मेगा बैंकको कामु सीईओमा श्रेष्ठ नियुक्त

मेगा बैंक नेपालको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन् ।
नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिले २ वैशाखदेखि लागू हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा नियुक्त गरेको हो ।
विगत ३१ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा बैंकको स्थापना कालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत रहेकी छन् ।
मेगा बैंकको स्थापनादेखि नै नायव महाप्रबन्धकमा प्रवेश गरी महाप्रबन्धक, नायव प्रमुख कार्यकारी अधिकृत हुँदै निजी क्षेत्रको राष्ट्रियस्तरको वाणिज्य बैंकको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत कार्यकाल अनुपमा खुञ्जेलीको सिइओको कार्यकाल १ वैशाखदेखि समाप्त भएकाले बैंककी नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
३१ वर्षको बैंकिङ सेवामा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसहित मेगा बैंकमा १२ वर्ष भन्दा बढी अवधि सेवा गरेकी खुञ्जेलीलाई यस बैंकको उन्नति, प्रगति तथा श्रीवृद्धिमा पु-याएको योगदानको प्रशंसा गर्दै विशेष धन्यवाद दिने र उनको उज्ज्वल भविष्यको कामना गर्ने निर्णय समेत बैंक सञ्चालक समितिले गरेको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए ।