Logo

मेगा बैंककी कामु सीईओ श्रेष्ठ सरकारबाट विभुषित

मेगा बैंक नेपालकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभुषित भएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सिइओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चुतर्थ) प्रदान गरेका हुन् । नेपाल सरकार, मन्त्रिपरिषदले ३ असोजमा संविधान दिवस २०७८ को अवसरमा बैंकिङ क्षेत्रका तर्फबाट श्रेष्ठलाई विभुषण प्रदान गर्ने घोषणा गरेको थियो ।
मेगा बैंक सञ्चालक समितिको बुधबारको बैठकले उनलाई कायममुकायम सिइओको जिम्मेवारी समेत प्रदान गरेको छ । कामु सिइओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् ।
यसअघि पनि उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छन् ।
३१ वर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् । भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरू गरेकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्