सनराइज बैंकको शाखारहित अन्तर बैंक रकमान्तर सेवा

सनराइज बैंकले शाखारहित बैंकिङ सेवामार्फत अन्तर बैंक रकमान्तर सुविधाको व्यवस्था गरेको छ ।
यस सुविधा अन्तर्गत बैंकका शाखारहित बैंकिङ सेवामा आबद्ध ग्राहकले आफ्नो खातामा भएको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकमान्तर गर्न सक्नेछन् ।
साथै सनराइज बैंकसँग आबद्ध नभएका ग्राहकले पनि शाखारहित बैंकिङ प्रतिनिधिमार्फत अन्य बैंक तथा वित्तीय संस्थामा रहेका खातामा रकम जम्मा गर्न सक्नेछन् ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत अन्तर बैंक रकमान्तर समेत गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले १३९ वटा शाखा, ८८ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ वटा एटीएममार्फत आफ्ना ९ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइ्एको जनाएको छ ।