सनराइज बैंकको वित्तीय साक्षरता कार्यक्रम

सन्राइज बैंकले प्रदेश २ का विभिन्न शाखामा वित्तिय साक्षरता कार्यक्रम गरेको छ ।
मार्च २१ देखि २७ सम्म विश्वव्यापी रुपमा मनाइँदै आएको ग्लोबल मनि सप्ताहमा साथ जनाउँदै बैंकले कार्यक्रम आयोजना गरेको हो । ८, ९, १० चैतमा राजविराज, लहान र गौरमा बैंकले उक्त कार्यक्रम गरेको जनाएको छ ।
‘एनबीआई’सँग सहकार्य गरी आयोजना गरिएको उक्त कार्यक्रममा नेसनल बैंकिङ इन्स्टिच्युटको तर्फबाट विनोद अधिकारी तथा बैंकका प्रतिनिधिहरू सहभागी भई साक्षरता प्रदान गरेका थिए ।
बैंकका नायब महाप्रबन्धक अपछकुमार यादवले गौरको कार्यक्रममा सहभागी भइ वित्तीय साक्षरताको महत्व पैसाको प्रयोग र उपयोगिता बारे सहभागीहरुलाई साक्षर हुन आग्रह गरेका थिए ।
१०० जना भन्दा बढी स्थानीय महिला, साना व्यवसायी तथा अन्य व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रममा बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता सुरक्षित रेमिट्यान्स प्रणाली, लगायतका विषयमा साक्षरता प्रदान गरेको थिया े।