कार अफ दि इयरको फाइनलमा तीन वटै विद्युतीय कार «

कार अफ दि इयरको फाइनलमा तीन वटै विद्युतीय कार

वल्र्ड कार अफ दि इयर २०२२ को अन्तिम २ कारमा तीन वटै विद्युतीय कार परेका छन् ।
फाइनालमा पुगेका तीन कारमा फोर्ड मुस्ताङ मार्च–ई, हुण्डाई लोनिक्वू–५ र किआ एभी ६ रहेका छन् । आगामी १३ अप्रिल १३ मा न्यूयोर्क इन्टरनेशनल अटो शोमा यिनै तीन मध्येबाट एउटा कारलाई अवार्ड प्रदान गरिनेछ । समारोहमा वल्र्ड लक्जरी कार, वर्ल्ड फर्मेन्स कार, र वल्र्ड इलेक्ट्रिक भेहिकल अफ दि इयरलगायतका समूहगत विधामा पुरस्कार वितरण गरिनेछ ।
विश्वका ३३ मुलुकका १०२ वटा अटोमोटिभ पत्रकारहरुको निर्णय मण्डलले छनोट गरिने अवार्डमा तीन वटै विद्युतीय सवारी पर्नुलाई आगामी दिनमा विद्युतीय कारको महत्व अझै बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्