अशोक लेलैण्डको ‘मेगा सर्भिस क्याम्प २०२२’ सुरू

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले ‘मेगा सर्भिस क्याम्प २०२२’ सुरु गरेको छ ।
आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गुगल यातायातका सञ्चालक रजन रोक्का लगायतको उपस्तिथिमा काठमाडौमा संयुक्त रुपमा यो योजनाको उद्घाटन गरिएको हो ।
यस योजनाअन्तर्गत ग्राहकलाई केन्द्रित गर्दै पार्ट्समा ५० प्रतिशतसम्म छुट, लुब्रिकेन्टमा १२ प्रतिशतसम्म छुट र लेबर चार्जमा ३० प्रतिशत छुटका साथै ४५ पोइन्ट फ्री चेकअप पनि उपलब्ध हुनेछ । यस सर्भिस क्याम्पअन्तर्गत ग्राहकले विभिन्न आकर्षक उपहारका साथसाथैै फ्री गाडी वासिङ, फ्री टी–सर्ट, १ लिटरसम्मको फ्री इन्जिन आयल र कुलेन्ट टप–अप पनि लिन सक्नेछन् ।
यस सर्भिस क्याम्पको अफरहरु आशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सियल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागू हुनेछ । ग्राहकले अशोक लेलैण्डका नेपालभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्नेछन् भने छुट कुपन पनि प्राप्त गर्न सक्ने छन् ।
‘सुरक्षित गाडीका लागि जेन्युअन पार्टस् प्रयोग गरौँ’ भन्ने नाराका साथ सुरु भएको यस योजना ६ देखि ११ चैतसम्म मात्र लागू हुनेछ । आइएमई मोटर्सले ग्राहकका निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजनामार्फत पनि ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।