अस्पतालमा डेलिभरी हुँदा नारी बचत खातामा सनराइज बैंकले १० हजार दिने

सनराइज बैंकले नारी दिवसको अवसरमा पारेर आउँदो १ चैतदेखि ‘नारी बचत खाता’ विशेष अफर ल्याउने भएको छ ।
बैंकले महिलाहरूलाई लक्षित गर्दै ‘नारी बचत खाता’ मा घातक रोगको बिमा सुविधा दिन लागेको बैंकका ब्रान्ड म्यानेजर सुमन थापाले बताए । यस्तै, बैंकले १ चैतदेखि ‘नारी बचत खाता’ मा डेलिभरी हुँदा महिलालाई १० हजार रुपैयाँ बोनसस्वरूप प्रदान गर्ने जनाएको छ । उक्त सुविधा सरकारी अस्पतामा डेलिभरी हुने महिलाले मात्रै प्राप्त गर्ने बताइएको छ ।
सरकारी अस्पतामा डेलिभरी हुँदा मात्रै उक्त नगद पाउने भएकाले यो प्रोडक्ट मध्यमवर्गीय नागरिकलाई लक्षित गर्दै ल्याएको बैंकले जनाएको छ । महिलाहरूमा डेलिभरीको समयमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न अस्पताल जानका लागि प्रोत्साहन गर्न बैंकले विशेष साथ दिएको बताइएको छ ।