सनराइज बैंकको वित्तीय साक्षरता कार्यक्रम

नेपाल राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको वित्तीय साक्षरतालाई अवलम्बन गर्दै सन्राइज बैंकको फर्पिङ शाखाले दक्षिणकालीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
उक्त कार्यक्रम सन्राइज बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युटसँग सहकार्य गरी आयोजना गरेको हो । करिब १०० जना स्थानीय महिला, साना व्यवसायी तथा अन्य व्यक्तिको सहभागीता रहेको उक्त कार्यक्रमले बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता सुरक्षित रेमिटायन्स प्रणाली लगायतका विषयमा साक्षरता प्रदान गरेको थियो ।
कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रबिनकुमार नेपाल, नेशनल बैंकिङ इन्स्टिच्युटको तर्फबाट विनोद अधिकारी र बैंकका अन्य प्रतिनिधिले विभिन्न विषयमा सहभागीलाई साक्षरता प्रदान गरेका थिए । केही समयअघि बैंकले दक्षिणकाली मन्दिर परिसरमा डिजिटल बैंकिङ गर्न प्रोत्साहन गरी डिजिटल दक्षिणकाली अभियान समेत गरेको थियो ।
सन्राइज बैंकले वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिको पहुच पुगोस्, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनुन्, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने उद्देश्य साथ देशव्यापी रुपमा विीत्तय साक्षरता कार्यक्रम गर्न लागेको बैंकले जनाएको छ ।