Logo

सनराइज बैंकको शाखारहित सेवा

सनराइज बैंकले झापाको अर्जुनधारा नगरपालिका वडा नं.–१, शान्तिचोक, सिस्नेमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।
सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ८७ पुगेको छ । बैंकले सो शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा स्थानीय गणेशप्रसाद गौतमलाई नियुक्त गरेको छ ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सक्ने बैंकले जानकारी दिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यले बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।
बैंकले हालसम्म १३९ वटा शाखा, ८७ शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटीएम मार्फत ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्