इमर्जिङ नेपालको आईपीओ बाँडफाँट

इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले सेयर निष्काशन तथा बिक्री बन्द भएको तीन दिनमै बाँडफाट गरेको हो । क्यापिटलले फागुन १ गतेसम्म सर्वसाधारणका लागि आईपीओ खुलाएको थियो ।
कम्पनीको आईपीओमा २३ लाख ३१ हजार २५८ जना आवेदकबाट दुई अर्ब ६४ करोड ३० लाख ३३ हजार रुपैयाँ बराबरको २ करोड ६४ लाख ३० हजार ३३० कित्ता सेयरको लागि आवेदन परेको थियो ।
कुल आवेदक मध्ये २ हजार ५५२ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएको छ । बाँकी रहेको २३ लाख २८ हजार २०६ योग्य आवेदकबाट २ करोड ६४ लाख १ हजार ९७० कित्ता सेयर माग गरेको थियो । यो कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको ५१.१५ गुणा बढी हो ।
कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाद्वारा न्युनतम १० कित्ताको दरले सेयर वितरण भएको छ । त्यस अनुसार कम्पनीको आईपीओमा आवेदन गर्ने योग्य आवेदकमध्ये ५१ हजार ६७० जनाले न्युनतम १० कित्ताको दरले सेयर पाएका छन् ।
कम्पनीले निष्काशन गरेको कुल ५ लाख ५५ हजार कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी ५० करोड ४० हजार रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।