नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्याे

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार नेप्से परिसूचक ३१.१७ अंकले घटेर दुई हजार ७४९.८३ को बिन्दुमा कायम भएको हाे ।
आइतबार सबै समूहको शेयर घटेकोमा विकास बैंक समूहको शेयर १.५९ प्रतिशतले ओरालो लागेको छ । आइतबार २ सय २८ वटा कम्पनीको शेयर घट्दा २१ वटाको बढ्दा एउटाको घटबढ भएन ।
गएको बिहीबार ८ अर्ब ९ करोडको कारोबार भएकोमा आइतबार ३ सय २१ वटा कम्पनीका १ करोड ४८ लाख कित्ता शेयर ६ अर्ब ६ करोड रुपैयाँमा किनबेच भएको छ ।
आइतबार ग्लोबल आईएमई समुन्नत योजना–२ को शेयर १० प्रतिशतले घटेको छ । समग्र बजार उच्च अंकले घटेको दिन आइतबार उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर भने ६.७७ प्रतिशतले बढेको छ ।