Logo

इमर्जिङ नेपालको आइपीओ बाँडफाँट आज

इमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ)को बाँडफाँट (आज) बुधबार हुने भएको छ ।
कम्पनीले २६ माघबाट आईपीओ निकष्काशन गरेको थियो । प्रति कित्ता १०० रुपैयाँको दरले निष्काशन गरेको ५ लाख ५५ हजार ६०० कित्ता आइपीओमा २ अर्ब ७९ करोड ३६ लाख ३६ हजार रुपैयाँको आवेदन परेको छ ।
२४ लाख २५ हजार ५३१ जनाले २ करोड ७९ लाख ३६ हजार ३६०० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले गरेको निष्काशनमध्ये ११ हजार ११२ कित्ता सेयर कर्मचारी, २७ हजार ७८० कित्ता म्युचुअल फन्ड र बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणको लागि रहेको थियो । कम्पनीको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्