जगदम्बा मोटर्सको स्कुटरमा ‘भ्यालेन्टाइन डे’ लक्षित नयाँ योजना

टिभिएस स्कूटर र मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘भ्यालेन्टाइन डे’को अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएका स्कुटरहरुमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ ।
जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिकी वितरण गर्दै आएको जनाएको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर रहेको कम्पनीको दावी छ ।
यस योजनाको थिम ‘लभ इज जस्ट अ कल अब’ रहेको छ । यस योजनाअन्तर्गत उपभोक्ताहरुले जुनसुकै मोडलको नयाँँ टिभिएस स्कुटर किन्दा ६००० रुपैयाँसम्मको स्यूरसट नगद छुटका साथै हरेक दिन लक्की ड्रमार्फत् एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने मौका पाउने बताइएको छ ।
लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमार्फत् हुनेछ । यस योजना अन्तर्गत ग्राहकहरुले ४० प्रतिशतले डाउनपेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्नसक्ने कम्पनीले जनाएको छ । यो योजना २५ माघदेखि ३ फागुनसम्म लागु हुने बताइएको छ ।