Logo

सनराइज बैंकको शाखारहित सेवा विस्तार

सनराइज बैंकले बागमती प्रदेशको रामेछापको मन्थली र प्रदेश १ को ओखलढुंगा मोलुङ्ग गाउँपालिका–१ कुन्तादेवीमा शाखारहित सेवा विस्तार गरेको हो ।
बैंकले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा सेवा पु-याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गरेको जनाएको छ । उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसागै बैंकको शाखारहित बैंकिङ संख्या ८५ पुगेको छ ।
बैंकले सेवा सञ्चालनका लाीग फुलासीका बसन्तकुमार लामा र कुन्तादेवीका लालप्रसाद ढकाललाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको जनाएको छ । सो शाखारहित बंैकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध गराइने बताएको छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटीएम र ८५ वटा शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्