Logo

पियोर ईभी स्कुटरको नयाँ वर्ष अफर

अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै पियोर ईभी स्कुटरले अफर सार्वजनिक गरेको छ । भारतीय ब्राण्ड पियोरको आधिकारिक बिक्रेता ह्वाइट लोटस मोटर्सले स्कुटर खरिदमा ८ हजार क्यासब्याक दिने भएको हो ।
नयाँ स्कुटर खरिदमा नयाँ पियोर ईभी हुडी-स्वीटर पाउनेछन् । त्यसबाहेक एक जना भाग्यशाली विजेताले २ रात ३ दिनको होलिडे प्याकेज ल्याएको छ । वाटरफ्रन्ट रिसोर्टमा बस्नसहित २ जनालाई दुईतर्फी टिकटको व्यवस्था हुनेछ ।
कम्पनीले ईप्लुटो ७ जी र इन्ट्रान्स निओ बिक्री गर्दै आएको छ । इन्ट्रान्स निओको मूल्य २ लाख ४९ हजार रुपैयाँ रहेको छ भने ईप्लुटो ७ जीको २ लाख ६० हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्