‘‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’’ सम्बन्धी अन्तरक्रिया «

‘‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’’ सम्बन्धी अन्तरक्रिया

सर्लाहीको मलंगवामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यकक्रम सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यलय बर्दिवासको आयोजनमा सदरमुकाम मलंगवास्थित जानकी पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दको विशेष उपस्थितिमा अख्तियार आयोगको काम, कर्तव्य र अधिकारसँगै जिल्लाबाट अख्तियारमा परेका उजुरीको संख्या, कुन पालिकाबाट कति, कुन–कुन शीर्षकका उजुरी लगायतका तथ्यांकहरू प्रस्तुत गरिएको थियो ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले निकाल्ने प्रतिवेदनमा नेपालमा भ्रष्टाचारको तथ्यांकका बारेमा जानकारीसँगै भ्रष्टाचारभित्र पर्ने विभिन्न सूचकहरूका बारेमा समेत जानकारी गराइएको थियो ।
भ्रष्टाचार नियन्त्रण तथा सुशासनप्रवद्र्वन गर्ने कार्यक्रममा विभिन्न पालिकाका सहभागिताहरूले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुभावसमेत दिएका थिए ।
कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा, जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रमुख एसपी कृष्ण प्रसाईं, सशस्त्र प्रहरीका जिल्ला प्रमुख भरत खनियाँलगायत जिल्लाका २० वटै पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्