Logo

नवनिर्वाचित नाडाको पहिलो कार्यसमिति बैठक आज

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको पदाधिकारी चयन बुधबार हुने भएको छ । हालै सम्पन्न नाडाको अधिवेशनबाट अध्यक्ष र १७ जना सदस्य निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरूबाटै पदाधिकारी चयन हुने भएकाले सोही बैठकबाट पदाधिकारी चयन गरिने र सदस्यहरू मनोनयन पनि गरिने नवनिर्वाचित अध्यक्ष ध्रुव थापाले बताए ।
केन्द्रीय कार्यसमितिमा तीन जना सदस्य मनोनित हुनेछन् भने सात वटा प्रदेशका लागि ७ जना सदस्य पनि मनोनीत हुने नाडाले जनाएको छ । १७ जना निर्वाचित र अन्य मनोनीत गरी २९ जनाको कार्यसमिति बन्ने र उनीहरूमध्येबाटै पदाधिकारी चयन गरिने उनले बताए । निवर्तमान अध्यक्ष पनि कार्यसमितिमा रहनेछन् ।
बैठकमा नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको एलसी सम्बन्धी नयाँ व्यवस्थाले अटो मोबाइल व्यवसायमा पार्ने असरका विषयमा पनि छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्