Logo

लक्ष्मी बैंकको २ नँँया शाखा र एक्स्टेन्सन काउण्टर विस्तार

लक्ष्मी बैंकले २ वटा नँँया शाखा र एउटा एक्स्टेन्सन काउन्टर विस्तार गरेको छ ।
बैंकले सुनसरीको इनरुवा नगरपालिका वडा न.१ को शान्ति चोक र मोरङको उर्लाबारी नगरपालिका वडा न. ५ को उर्लाबारी चोकमा शाखा संचालनमा ल्याएको जनाइएको छ । यस्तै जाजरकोटको बारेकोट गाउँपालिका वडा न.८ स्थित सेपुखोलामा बैंकको ९औं एक्स्टेन्सन काउन्टर स्थापना गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्