Logo

चितवन अटो मोबाइल्स एसोसियसनको अध्यक्षमा भण्डारी

चितवन अटो मोबाइल्स एसोसियसनको २०औं साधारण सभा एवं ११ औं अधिवेशनले कृष्ण भण्डारीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन भएको छ ।
एशोसियसनको प्रथम उपाध्यक्षमा कुल बहादुर क्षेत्री, द्वितिय उपाध्यक्ष राजेन्द्र भट्टराई, तृतीय उपाध्यक्ष क्षेत्रगत देवीप्रसाद बराल, सचिव भीमप्रसाद सुवेदी, कोषाध्यक्ष जितबहादुर सेढाई, सह–सचिव पुरुषोत्तम पौडेल, सह–कोषाध्यक्ष रामशरण भट्टराई चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अविनाश श्रेष्ठ, विकासचन्द्र घिमिरे, राजाराम सापकोटा, मुक्तलाल शर्मा सुवेदी, सुमन भुसाल, प्रशान्त पौडेल, चिरञ्जिवी अर्याल र बाचस कट्टेल निर्वाचत भएका छन् ।
एशोसियसनको २० औं साधारण सभा एवं ११ औं अधिवेशनका प्रमुख अतिथि अटोमोबाइल्स एशोसियसन अफ नेपाल नाडाका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल क्षेत्रले आर्थिक वर्ष २०७७ ÷०७८ मा सरकारको कुल राजस्वको २५ प्रतिशत अर्थात २ खर्ब ५० अर्ब राजस्व बुझाएको बताए । उनले सरकारलाई सबैभन्दा धेरै राजस्व बुझाउने अटोमोबाइल क्षेत्र भएको दावी गरे । राज्यलाई धेरै राजस्व बुझाउने र अधिकतम रोजगारी दिने क्षेत्रको रुपमा अटोमोबाइल क्षेत्र भएको अध्यक्ष दुलालको भनाइ छ । उनका अनुसार यस क्षेत्रले १६ लाखलाई रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्