नाडाको अध्यक्षमा चौधरीद्वारा उम्मेद्वारी घोषणा «

नाडाको अध्यक्षमा चौधरीद्वारा उम्मेद्वारी घोषणा

अटो मोबाइल व्यवसायीको छाता संस्था अटो मोवाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को अध्यक्ष पदका उम्मेद्वार करण चौधरीले झापाबाट उम्मेद्वारी घोषणा गरेका छन् । आगामी मंसिर २२ र २३ गते काठमाडौंमा हुने ४५ औं अधिवेशनका लागि चौधरीले झापाको बिर्तामोडबाट उम्मेद्वारी घोषणा गरेका हुन् ।
मेची अटो मोवाइ डिलर्स एशोसिएशनले आयोजना गरेको कार्यक्रमकाबीच चौधरी नेतृत्वको समूहले सामुहिक उम्मेद्वारी घोषणा गरेको थियो । चौधरीको नेतृत्वमा सदस्य पदका लागि राजनबाबु श्रेष्ठ, अभिक ज्योति, सुरेन्द्रकुमार उप्रेती, अनुप बराल, विक्रम सिघांनिया, पंकज अग्रवाल, निलमणि पाठक, गंगाराज भट्टराई, प्रकाश कपुरीले उम्मेद्वारी घोषणा गरेका हुन् ।
अध्यक्ष पदका प्रत्यासी उम्मेद्वार चौधरीले आफ्नो नेतृत्वमा उम्मेद्वारीको नामावली सार्वजनिक गर्दै देशभरका समग्र अटो मोवाइल क्षेत्रका सबै व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाएका थिए ।
नाडाका केन्द्रीय अध्यक्ष कृष्ण दुलालले नाडालाई आफ्नो पहलमा देशव्यापी रुपमा विस्तार गरेको बताएका छन् । उनले अटो मोवाइल व्यवसायीको हितका लागि नाडाले काम गर्दै आएको र सरकारलाई कुल राजस्वको २५ प्रतिशत योगदान आफूहरुको रहेको बताएका थिए । दुलालले चौधरी नेतृत्वको टिमलाई सहयोग गरेर नाडाको नेतृत्व तहमा पु¥याउन आग्रहसमेत गरे ।
नेपालमा ४० हजार सवारी साधन रहेको र त्यसमा ८० प्रतिशत दुई पाङ्ग्रे सवारी रहेको बताउँदै नेपालमा अझै पनि थोरै मानिसले मात्रै चार पाङ्ग्रे सवारी साधान उपयोग गर्दै आएको धारणा राखे । अध्यक्ष दुलालले वर्षाै पुराना सडकका कारण नेपालमा धेरै सवारी देखिएको तर, सबैको पहुँचमा अझैपनि सवारीसाधन पुग्न नसकेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्