सुरक्षित हेल्मेट अभियान सुरु «

सुरक्षित हेल्मेट अभियान सुरु

नेपालमा पहिलो पटक सुरक्षित हेल्मेट अभियान सुरु भएको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच विश्व बैंकका उपाध्यक्ष हर्टविग स्काफेर लुका पास्कोतो पुर्वमन्त्रि तथा सांसद योगेश भट्टराई, प्रतिनिधिसभा विकास तथा प्रविधि कमिटी सदस्य रंगमती शाही र इन्दु शर्मा, बागमती प्रदेश सभा सांसद भावना सुबेदी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव रबिन्द्रनाथ श्रेष्ठ, वल्र्ड बैंक नेपालका प्रतिनिधि फारिस हदाद जेरोभोसले संयुक्त रुपमा हेल्मेट सार्वजनिक गरे ।
इन्टरनेसनल फेडेरेसन अफ अटोमोवाइलको सहयोग र वल्र्ड बैंकसँगको सहकार्यमा नेपाल अटोमोबाइल्स एसोसिएस ले सुरक्षित हेल्मेट अभियानको संचालन गर्र्नेभएको छ ।
यस अभियान अन्तर्गत नेपालभरी विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरि ३०० बढी युएन स्टयान्डर्ड हेल्मेट वितरण गरिने छ । कार्यक्रममा विश्व बैंकको तर्फबाट हर्टवीग स्काफेरले सडक दुर्घटनाले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव र त्यसका रोकथामका लागि चालिनु पर्ने आवश्यक कदमबारे अवगत गराए ।
अभियानले नेपालमा बढ्दो दुईपाङ्ग्रे सवारी दुर्घटनालाई कम गराउन र दुर्घटना पछि हुने क्षतिलाई न्यूनीकरण गर्न, सुरक्षित हेल्मेट प्रयोग गर्न सवारीचालकलाई सचेतना दिनेछ । साथै अभियानले हेल्मेटको राष्ट्रिय मापदण्डको कार्यान्वयनमा जोड दिदै मोटरसाइकल चालक तथा पछाडि बस्ने यात्रुले समेत अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्ने ऐनको व्यवस्था गर्न सरकारलाई दिने बताइएको छ । कार्यक्रममा एफआईएद्वारा प्रदान गरिएको यूएन स्टयान्डर्ड हेल्मेट सार्वजनिक गर्दै विभिन्न लक्षित समुहका प्रतिनिधि सुरक्षित र दिगो यातायात नेपालका हेमन्त तिवारी,अपांग महासंघकी देवु पराजुलीलाई हेल्मेट उपहार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्