कम्युनिष्टमा निरंकुश प्रवृत्ति बढ्यो : प्रचण्ड «

कम्युनिष्टमा निरंकुश प्रवृत्ति बढ्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध आफूहरुले विद्रोह गरेको बताएका छन् । अध्यक्ष दाहालले ओलीको नाम नलिईकन कम्युनिष्ट आन्दोलनभित्र एउटा प्रवृति बढो निरंकुश, तानाशाही, चरम व्यक्तिवादी र राष्ट्रिय आत्मसमर्पणवादी ढंगले देखा परेको उल्लेख गर्दै त्यसलाई परास्त गर्न विद्रोहको बाटो रोज्न बाध्य हुनु परेको बताएका हुन् ।
सहीद रामबृक्ष यादवको २७ औं स्मृति दिवसको अवसर पारेर बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओली प्रकृतिले देशमा ठूलो संकट ल्याउने खतरा बढेकाले बिद्रोह गरिएको बताए ।
अध्यक्ष प्रचण्डले आफै भित्रको कमजोरीलाई हटाएर मुलुकको समृद्धि र समाजवाद निर्माणको यात्रालाई अघि बढाउन पार्टीका नेता, कार्यकर्तालाई आह्वान पनि गरे । नयाँ सन्दर्भमा कम्युनिष्ट क्रान्तिहरुलाई एकतावद्ध गर्दै लोकतान्त्रिक शक्तिहरुसँगको सहकार्यलाई मजबुद बनाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्