Logo

उपमहानगरद्वारा योजना समीक्षा

  • चालू आवमा २ अर्ब ४३ करोड बजेट विनियोजन, २ सय ३० वटा योजना सञ्चालनमा 

  • आकासे पुल, गल्र्स स्कुल, गल्र्स कलेज र सपिंग कम्पलेक्सका लागि डीपीआर तयार गरी कार्ययोजना अगाडि बढाउने

  • आधुनिक बसपार्क, कान्जीहाउस र ल्यान्डफिल साइट निर्माणकार्य अन्तिम चरणमाड्ड महेन्द्र पार्क, रानीतलाउ र वागेश्वरी मन्दिर परिसरमा फ्रि वाईफाईको तयारी 

नेपालगन्ज उपमहानगरपालिकाले चालू आव ०७५/७६ को नीति तथा कार्यक्रमका लागि २ अर्ब ४३ करोड बजेट विनियोजन गरेकोे छ । विनियोजित बजेटवाट भौतिक पूर्वाधारतर्फ २ सय ३० वटा योजना संचालनमा रहेको र तिनको डिजाइन र स्टिमेट भई कार्यान्वयनका क्रममा रहेको जनाएको छ ।
उपमहानगरपालिकाको कार्यालयमा शुक्रबार आयोजित नगरको विकासमा सञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा आव ०७४/७५ तथा ०७५/७६ मा सम्पन्न भएका मुख्य कार्य र जारी योजना तथा कार्यक्रमका बारेमा समीक्षा गरिएको हो । कार्यक्रममा उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले आव ०७४/७५ मा ४ सय ६५ वटा योजना तथा कार्यक्रमका लागि कुल २ अर्ब ७७ करोड बजेट विनियोजन भएकोमा १ अर्ब ८४ करोड खर्च भएको बताए ।
आव ०७४/७५ तथा ०७५/७६ मा सम्पन्न भएका मुख्य कार्यको जानकारी दिँदै उनले सो अवधिमा २७ वटा कानुन निर्माण गरी राजपत्रमा प्रकाशित भएको, १५ वटा वडा पूर्णखोपयुक्त घोषणा गरिएको, समस्याका बीच नगरलाई खुलादिसामुक्त घोषणा गरिएको, १ हजार ४ सय ९० व्यवसायीलाई करको दायरामा ल्याउन सफल भएको, १० वटा नमुना मासु पसल सुधार र सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको बताए ।
त्यस्तै डेरी पसल सुधार, कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास, रानी तलाउ तथा वाटरपार्कमा डिपबोरिङ जडान तथा रानीतलाउ पुनर्निर्माण गरी संचालन, मुख्य बजार तथा वडाभित्रको गरी करिब १८.१५ किलोमिटर सडक कालोपत्रे निर्माण, विभिन्न वडामा १० वटा पुल निर्माण, ८.३० किमि आरसीसी र पीसीसी बाटो निर्माण र नगर क्षेत्रभित्र सिसीटीभी जडान गर्नुका साथै ३०.५० किमि नाला निर्माण गरिएको जानकारी दिए ।
हाल संचालित ठूला आयोजनामा आधुनिक बसपार्क निर्माण, कान्जीहाउस निर्माण कार्य र ल्याण्डफिल साइट निर्माणकार्य अन्तिम चरणमा पुगेको प्रवक्ता रिजालले बताए । त्यसैगरी वाटरपार्क निर्माण ७० प्रतिशत पूरा भएको, १ सय ५० वटा सोलारबत्ती जडान भइरहेको, गाउँनगर साझेदारी कार्यक्रमको निरन्तरता दिइएको, अव्यवस्थित ठेला व्यवस्थापन प्रक्रियामा रहेको महेन्द्रपार्क पुनर्निर्माण भइरहेको, बागेश्वरी मन्दिर परिसरलाई व्यवस्थित गरी फ्री वाईफाई सञ्चालनमा ल्याउन लागेको उनको भनाइ थियो ।
कार्यक्रममा उपमहानगरका मेयर डा. धवल शम्शेर राणाले नगर क्षेत्रमा बढदो ट्राफिक समस्यालाई मध्यनजर गर्दै आकेसेपुल निर्माण गर्ने तयारी थालेको बताए । मधेसी मुस्लिमलगायत छात्राका लागि गल्स स्कुल, गल्र्स कलेज स्थापनाको तयारी थालिएको बताउँदै आकासेपुल, गल्स स्कुल, गल्र्स कलेज र सपिंग कम्पलेक्सका लागि डीपीआर तयार गरी कार्ययोजना अगाडि बढाउने काम भइरहेको उनको भनाइ छ ।
हाल देखिएको सार्वजनिक शौचालयको समस्या समाधानका लागि एसएनभीनामक गैरसरकारी संस्थाको सहयोगमा देशकै आधुनिक शौचालय धम्बोजीमा बनाउने तयारी थालिएको मेयर राणाको बताए । त्यस्तै ४ वटा घुम्ती शौचालयको टेण्डर भइसकेको उनको भनाइ छ । ती शौचालय नेपालगन्जको त्रिभुवन चोक, बसपार्क, खजुरा बसपार्क र गणेसमान चोकमा सःशुल्क लिएर सञ्चालन गरिने मेयर राणाले जानकारी दिए । “विभिन्न स्थानमा शौचालय निर्माण भएपछि नेपालगन्जमा देखिएको शौचालयको समस्या समाधान हुन्छ,” उनले भने । हाल देखिएको सार्वजनिक शौचालयको समस्या समाधानका लागि एसएनभीनामक गैरसरकारी संस्थाको सहयोगमा देशकै आधुनिक शौचालय धम्बोजीमा बनाउने तयारी थालिएको मेयर राणाको बताए । त्यस्तै ४ वटा घुम्ती शौचालयको टेण्डर भइसकेको उनको भनाइ छ । ती शौचालय नेपालगन्जको त्रिभुवन चोक, बसपार्क, खजुरा बसपार्क र गणेसमान चोकमा सःशुल्क लिएर सञ्चालन गरिने मेयर राणाले जानकारी दिए । “विभिन्न स्थानमा शौचालय निर्माण भएपछि नेपालगन्जमा देखिएको शौचालयको समस्या समाधान हुन्छ,” उनले भने । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित आयोजना समयमै गुणस्तरीय ढंगले सञ्चालन हुनेमा आफूहरू सचेत भएर लागिरहेको बताए । 

प्रतिक्रिया दिनुहोस्