अत्यावश्यक सेवामा खटिएका सवारीलाई सेवा पुर्याउँदै सिप्रदी «

अत्यावश्यक सेवामा खटिएका सवारीलाई सेवा पुर्याउँदै सिप्रदी

सिप्रदीले २ हजार बढी सवारी साधनहरुलाई मर्मत तथा परामर्श सेवा प्रदान गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञामा प्रयोग भएका २ हजार ४ सय बढी सवारीलाई सिप्रदीले सेवा पुर्याएको जनाएको छ ।
कम्पनीका अनु्सार खाद्यान्न, तरकारी, ग्यास, पानी, वित्तीय कारोबार, फोहोर व्यवस्थापन, सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवामा प्रयोग भएका सवारीहरुलाई सेवा दिएको छ । जस्तोसुकै विषम परिस्थितिमा पनि सेवा प्रदान गर्न प्रतिवद्ध रहेको कम्पनीको भनाइ छ ।
अहिले सिप्रदीले विभिन्न २४ स्थानबाट सेवा दिइरहेको जनाएको छ । कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धी सेवा चाहिएमा सिप्रदीको टोल फ्री नम्बरमा सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्